भारत भ्रमणमा पनि आर्थिक एजेण्डा उठाउँछुः प्रचण्ड
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
११ बैशाख, नेपालगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा पनि आर्थिक एजेण्डा उठाउने बताउनु भएको छ ।
जनआन्दोलन दिवशको अबसरमा शहिद सेतु विकको पुनः निर्माण गरिएको शालिकको अनावरणपछि प्रचण्डले सम्पूर्ण नेपाली एकजुट भई देशको आर्थिक विकासमा लाग्नु नै शहिदप्रतिको सच्चा सम्मान हुने बताउनु भयो ।चीन भ्रमणका क्रममा नेपाललाई समृद्ध बनाउने योजना चीन सरकारले दिएको भन्दै उहाँले निकट भविष्यमै हुने भारतमा ठूला जलविद्युत आयोजनाको निर्माण, लुम्विनीको विकास, मध्यपहाडी राजमार्ग र प्रमुख शहरहरुलाई व्यवस्थित गर्नेजस्ता आर्थिक एजेण्डा अघि सार्ने बताउनु भयो । प्रचण्ड बैशाख १५ गते भारत भ्रमणमा जाने कार्यक्रम छ ।
शान्ति प्रक्रिया टुंगो लागिसकेको भन्दै उहाँले संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान निर्माणको कार्यभार पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राजनीतिलाई व्यवस्थापन गर्न नसकेकै कारण संविधानसभा विघटन भन्दै भन्दै उहाँले सबै दल चुनावमा केन्द्रीत हुनु पर्नेमा जोड दिनुभयो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News

0 comments