Widgets

सबैभन्दा दुब्ली महिला (फोटोफिचर सहित)

Unknown | 15:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


‘किन रोइस् मंगले आफ्नै ढंगले’ भन्ने उखानै छ । ढंग नपूराउँदा वा लहलहैमा लाग्दा कहिलेकाहीँ ठूलै ठक्कर खाइन्छ र त्यो पीडा जिन्दगीभरलाई हुन्छ । यस्तै भएको छ, भेलेरिया लेभिटिनलाई पनि ।
रुसकी यी महिला हाल मोनाकोमा बस्छिन् र यी विश्वकी सबैभन्दा दुब्ली महिला हुन् । उनलाई आफुले दुब्लोपनमा किर्तिमान राखेकोमा गर्व महसुस हुनुपर्ने हो । तर उनलाई आफ्नो लुरे जिउ देख्दा रुने मन लाग्छ ।
३९ वर्षकी भेलेरिया ५ फुट ८ इन्च उचाइँकी छिन् । यति उचाइएको व्यक्तिको साधारण वजन ५५ देखि ७५ किलोसम्म हुनुपर्छ । तर विडम्वना उनको वजन जम्मा २५ किलो मात्र छ ।

उनको सरीर यसो हुनुको कारण वास्तवमा उनीमा रहेको स्वास्थ्य समस्या हो । उनलाई किशोरावस्था देखि नै खाना खानै मन नलाग्ने इटिंग डिस्अर्डर नामको स्वास्थ्य समस्या थियो जसले उनको जिन्दगी नै बर्बाद पारिदियो । भोक नलाग्नु सबैभन्दा ठूलो सत्रु भएको उनको ठम्याइ छ ।
आफ्नो यस्तो हालत हुनुमा उनले आफ्नी आमालाई पनि दोष दिन्छिन् । आफ्नी आमाले बच्चामा आफुसँग झुटो बोल्ने गरेको र आफु दुब्ली हुँदा पनि निकै मोटो भएको भन्ने गरेको उनी सम्भिmन्छिन् । छोरी मोटाइ भनेर आमाले आफुलाई कम खाना खान दिएको घटना पनि उनलाई याद रहेछ ।
१६ वर्षकी छँदा उनको वजन ६० किलो रहेछ । त्यसपछि उनी आमाबाबुसँगै अमेरिकाको शिकागो आइन् । त्यहाँ आएपछि उनी नयाँ स्कुलमा भर्ना हुन चाहन्थिन् । नयाँ स्कुलमा आफु स्लिम बनेर गएमा धेरै केटाले आँखा मार्ने लोभ उनमा जाग्यो ।
त्यसपछि उनले जिउ घटाउन डाइटिङ सुरु गरिन् । उनले निकै कम खाना खान थालिन् र आफ्नै जिउमाथि अत्याचार गरिन् ।
२३ वर्षकी हुँदा उनले मोडेल बन्ने बारेमा सोँचिन् । तर मोडेल बन्न निकै स्लिम हुनुपर्ने तर आफु आवश्यकता भन्दा बढि मोटो भएको भ्रम उनमा पर्यो । खाना निकै घटाउने क्रमलाई जारी राख्दै गर्दा २४ वर्षको उमेरमा उनको तौल साढे ३७ किलोमा झर्यो । त्यसपछि सुरु भए उनका दुखका दिन । निकै कम तौल भएको भन्दै उनलाई कलेजमा शिक्षकहरुले नाच्नमा प्रतिबन्ध लगाए ता की दुब्ली भएकाले लडेर उनलाई चोट नलागोस् ।
समय त उनी झण्डै मृत्युको मुखमा पुगिन् । उनको वजन १९ किलोमा झर्यो । डाक्टरहरुले ठूलो प्रयास गरेपछि उनलाई बचाउन त सफल भए तर उनको वजन बढाउन भने खासै सकिएन । उनले अहिलेपनि खासै खाना खान सक्दिनन् र पच्दैन पनि । उनले विभिन्न भिटामिनका चक्की तथा विशेष प्रकारको खाना खाएर प्राण धानिरहेकी छिन् । उनलाई आफ्नो देश रुस गएर ढुक्कले बस्ने र कसैको शुक्रकिट लिएर बच्चा पाउने इच्छा छ । तर उनको सरीर यस्तो छ की उनले बच्चा पाउन सक्ने सम्भावना लगभग शून्य छ ।
खानै नखाई स्लिम बन्न चाहने अहिलेका तरुनीहरुका लागि वास्तवमा भेलेरियाको जिन्दगी एउटा पाठ पनि हो ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS