Widgets

आधा किलो सुन र ६ लाख भारतीय रुपैयाँ चोरी गर्ने एक जना पक्राउ

Unknown | 18:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

बझाङ,बैशाख १७ । भारतको बेंगलोरमा आफूले काम गर्ने घरबाट सुन चोरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनपसेला गाविस ३ भलाने घर भएका बर्ष २४ का रिते जप्रेल रहेका प्रहरीले जनाएको छ । उनले आफूले काम गर्दै आएको भारतीय नागरिक रेणु प्रसादको घरबाट आधा किलो सुन, ६ लाख भारतीय रुपैयाँसहित पचास लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ । बैशाख १२ गते चोर पत्ता लगाउन भारतीय प्रहरी निरीक्षक शिभप्पा कारियामको नेतृत्वमा भारतका ३ जना प्रहरी बझाङ आएका थिए ।
उनीहरुले जप्रेललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बझाङलाई आग्रह गरेका थिए । त्यसपछि प्रहरी निरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा गएको टोलीले जप्रेललाई उनकै घरबाट पक्राउ गरेको हो । भारतीय प्रहरीले जप्रेललाई भारत लैजाने भने पनि उसलाई आफूहरुले त्यसरी सुर्पदगी गर्न नमिल्ने बताएपछि भारतीय प्रहरी फर्केर गएको प्रहरी नायव उपरीक्षक उदय तामाङले जानकारी दिनुभयो । तामाङ्गका अनुसार घटनाको छानबिन गरी जप्रेललाई कानुन अनुसार आवश्यक कारवाही गरिने छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS