Widgets

चोर्दै पत्रिका चलाउँदै

Unknown | 15:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ बैशाख, काठमाडौं । पत्रपत्रिका र अन्य सञ्चारमाध्यमको संख्या वृद्धिसँगै नेपाली मिडियामा समाचार चोरी गर्ने र हुबहु प्रकाशित गर्ने क्रम बढेको छ । अनलाइनखबर डटकमले पूर्वी नेपालका सुनसरी, मोरंग र झापामा गरेको एक सर्वेक्षणमा त्यहाँबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिकाले अनलाइनखबरमा प्रकाशित हुने समाचारहरु स्रोत उल्लेख नगरी आफ्नै ‘बाइलाइन’मा हुबहु प्रकाशित गर्ने गरेको पाइएको छ ।
धरान, इटहरी, बिराटनगर र बिर्तामोडबाट प्रकाशित हुँदै आएका श्यामश्वेत रंगका दैनिक एवं रंगीन पत्रिकालेसमेत स्रोत उल्लेख नगरी अनलाइनका समाचार चोरी गरेर प्रमुख समाचार बनाई हुबहु छाप्ने गरेको पाइएको छ । ‘यो हाम्रो बाध्यता हो, आर्थिक कारणले स्टाफ राख्न सकिँदैन, त्यसैले अनलाइनबाट नसारे के गर्ने ?’ इटहरीका एक स्थानीय पत्रकारले अनलाइनखबरसँग भने-’पत्रिका त चलाउनै पर्यो, नभए कसरी जिविकोपार्जन गर्ने ?’
धरानबाट प्रकाशित हुने औजार दैनिकका सम्पादक भीम राई ज्वालाले अनलाइनबाट आफूले समाचार चोरी नगरेको र कतिपय अवस्थामा व्यक्तिका लेख रचनाहरु स्रोत उल्लेख गरेर मात्रै साभार गर्ने गरेको बताउनुभयो । ‘तर, पूर्वका धेरै पत्रिकाले अनलाइनबाट सामाचार चोरी गर्ने गरेका छन् ।’- राईले भन्नुभयो ।
पत्रिकाका कार्यालयहरुमा रिपोर्टरहरु पर्याप्त नराखी दुई/चारजनाले काम चलाउने गरेको तर, अनलाइनबाट कपी-पेष्ट गरेकै भरमा पत्रिका चलाएर गुजारा गर्ने गरेको पाइएको छ । अनलाइनखबर डटकममात्रै नभएर अन्य अनलाइनका समाचारहरु पनि यसैगरी निर्वाध चोरी गर्ने गरिएको भेटिएको छ ।
देशभरिबाट प्रकाशित हुने पत्रिकाहरुमा हुबहु समाचार प्रकाशित गरिएको पाइएमा नेपाल प्रेस काउन्सिलले त्यस्ता पत्रिकालाई वर्गीकरणमा नम्बर घटाउने कानूनी प्रावधान छ । तर, काउन्सिलले यस विषयमा नियमन नगर्दा एउटै समाचार विभिन्न जिल्लाका पत्रपत्रिकामा हुबहु छापिने क्रम बढेको हो ।
चोर्नेलाई कारवाही हुन्छ- काउन्सिल
अनलाइन वा अन्य माध्यममा प्रकाशित समाचार वा अन्य सामाग्री हुबहु सारेर पत्रिका चलाउनेहरुमाथि कानूनबमोजिम कारवाही गरिने नेपाल प्रेस काउन्सिलका अध्यक्ष एवं बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले अनलाइनखबरलाई बताउनुभयो ।
‘त्यसरी अनलाइनबाट समाचार सार्नेहरुमाथि कारवाही हुन्छ ।’- कार्कीले भन्नुभयो- ‘अर्काको समाचार हुबहु सार्ने पत्रिकाहरुको वर्गीकरणमा समेत यसले असर पर्छ ।’ कपी-पेष्ट गर्ने पत्रिकाको विषयमा उजुरी प्राप्त भए तिनीहरुमाथि छानविन गरी कारवाही गरिने कार्कीले आश्वासन दिनुभयो ।
पत्रकारको अवस्था दयनीय
मोफसलबाट प्रकाशित हुने पत्रपत्रिकामा काम गर्ने सञ्चारकर्मीको आर्थिक अवस्था दयनीय बन्दै गएको पाइएको छ । ४ पृष्ठको पत्रिका नै चल्न धौ-धौ भइरहेका बेला थोरै तलवमा काम गर्नुपर्दा धेरै मानिसहरु पत्रकारितामा टिक्न सक्ने अवस्थामा छैनन् । यहीकारण केही सञ्चारकर्मीहरु वैदेशिक रोजगारीमा समेत जान थालेका छन् भने केही पत्रकारहरु जिविकोपार्जनका लागि एकैजनाले ४/५ वटा पत्रिकामा काम गर्न बाध्य छन् । ‘एउटा पत्रिकामा काम गरेकाले खान पुग्दैन, त्यसैले बाँच्नका लागि पनि ४/५ वटा पत्रिमाका त काम गर्नै पर्यो नि ।’ बिराटनगरका एक सक्रिय पत्रकारले भने-’अनैतिक काम नगर्ने मान्छेले यसरी काम नगरे कसरी जहान परिवार पाल्ने ?’
पूर्वाञ्चलको चर्चित दैनिक पत्रिका ब्लाष्ट टाइम्समा झापाबाट लामो समय रिपोर्टिङ गरेका बिर्तामोडका पत्रकार कृष्ण मिश्र आफूले १५ वर्षे पत्रकारितामा पारिवारको आर्थिक अवस्थासमेत धान्न नसकेकाले अन्य व्यवसाय समातेको बताउनुहुन्छ । ‘पत्रकारिताबाट गुजारा नचलेपछि मैले पसल खोलें, होटल व्यवसाय पनि गरें, अहिले बिर्तामोडमा शिक्षा सहकारी खोलेको छु ।’-मिश्रले भन्नुभयो ।
‘राष्ट्रिय मिडियामा’ पनि उस्तै हालत
राजधानीबाट प्रकाशित हुँदै आएका र कतिपय शाखासमेत खोलिएका पत्रिका, रेडियो र टीभीमा रिपोर्टिङ गर्ने स्थानीय रिपोर्टरहरुले पनि एकभन्दा बढी मिडियामा काम गर्ने गरेका छन् । अधिकांशले स्थानीय पत्रिका र राष्ट्रिय पत्रिकामा काम गर्ने भएकाले एकैखालका समाचार डेन्टिङ-पेन्टिङ गरेर काठमाडौं र मोसफलसमा प्रकाशन, प्रशासरण गर्ने गरेको भेटिएको छ ।
काठमाडौंका ठूला पत्रिकाले पूर्वाञ्चलबाट विज्ञापनवापत निकै ठूलो रकम राजधानी भित्र्याउने गरेका छन् । तर, त्यसरी राजधानी भित्रिने रकममध्ये अलि राम्रो प्रतिशत स्थानीय सम्वाददाताहरुमा खर्च गर्ने हो भने राष्ट्रिय पत्रिकामा रिपोर्टरले अन्य मिडियामा काम नगरी एकै ठाउँमा खट्न सकिने र पत्रकारिताको गुणस्तर वृद्धि हुने अनुभव सुनाउँछन्, झापा बिर्तामोडका एक स्थानीय पत्रकार । बिर्तामोडको स्थानीय पत्रिकामा कार्यरत् उनी भन्छन्- ‘काठमाडौंमै त भनेका बेलामा पत्रकारले तलब नपाएको सुनिन्छ, मोफसलका पत्रकारको हालत कस्तो होला, आफैं विचार गर्नोस् ।’



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS