Widgets

नैतिक शिक्षामा अनैतिक काम

Unknown | 20:34 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१७ बैशाख, काठमाण्डौ । नैतिक शिक्षा पढाउने शिक्षकले वाषिर्क परीक्षामा अघिल्लो वर्षकै प्रश्नपत्र हुबहु सोधेर अनैतिक काम गरेको तथ्य फेला परेको छ । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्ने कक्षा ८ को जिल्लास्तरिय परीक्षामा नागरिक तथा नैतिक शिक्षा विषयको प्रश्नपत्र लगातार दुई वर्ष दोहोर्‍याएर सोधिएको छ काठमाण्डौ जिल्लामा । विद्यार्थीलाई असल नागरिक बन्न सिकाउन तथा नैतिक मूल्य र संस्कारयुक्त बनाउन नागरिक तथा नैतिक शिक्षा पढाइन्छ ।
यो विषय पढाउने गुरु स्वयंले न्यूनतम नैतिकतासमेत ख्याल नगरी तिथिमितिमात्र वदलेर पुरानै प्रश्नपत्र सोध्नुले शिक्षकको पेसाप्रतिको लगाव र सम्बन्धित निकाय बेखबर हुनुले शिक्षा प्रणालीमा नै प्रश्न खडा गरेको छ । कक्षा ८ को गत चैतमा सञ्चालित उक्त विषयको परीक्षा अघिल्लो वर्षकै प्रश्नपत्र दोहोर्‍याएर लिइएको हो । यस्तो अनैतिक र जाली काम हुँदा पनि जिल्ला शिक्षा कार्यालय बेखबर बनेर थप अनैतिकता र गैरजिम्मेवारी दर्साएको छ आजको अन्नपूर्ण पोष्ट दैनिकमा सचार छ ।
प्रश्नपत्र निर्माणमा गरिएको लापरबाहीले काठमाण्डौका मात्र नभई अन्य जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि शर्मनाक बनाएको छ । यो वदामासी र चरम लापरबाहीको नमुना पनि हो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS