Widgets

२०७० साल बार्षिक राशिफल

Unknown | 18:12 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

मेष  : (चुचेचोलालिलुलेलो)


मेष राशी भएका व्यक्तित्वका लागि यो वर्ष सामान्यतया लाभदायक वर्षका रूपमा आएको छ । वर्षको प्रारम्भमा चोटपटकको भय र आँखामा समस्या आउन सक्छ । महत्वपूर्ण शैक्षिक उपलब्धी हासिल हुनेछ । कुनै उपहार, चिठ्ठा, प्रशंसा र पुरस्कारको सम्भावना समेत देखिन्छ । भौतिक सुखसुविधा र वाहनको प्राप्ति हुने बलियो योग छ । प्रेमप्रसङ्ग सामान्य छ । कुनै नयाँ ठाउँको ज्ञानवद्र्धक र मनोरञ्जक यात्राको सम्भावना समेत छ । वैदेशिक यात्राका लागि गरिएको शैक्षिक प्रयास सार्थक हुनेछन् । सामान्यतया यस वर्षका वैशाख, श्रावण, कार्तिक र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ५ मुखे रुद्राक्ष आइतबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  सूर्योदयको समयमा मर्निङ्गवाकको अभ्यास गरेर वा भगवान् सूर्यको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
बृष  : (बाबिबुबेबो)
वृष राशी भएका जातकका लागि यो वर्ष अत्यधिक सकारात्मक वर्षका रूपमा आएको छ । तर्क, वादविवाद, प्रतिस्पर्धा र प्रतियोगितामा तपाईं विजयी बन्नुहुनेछ । रतिरागात्मक र प्रणयसम्बन्धमा प्रगति हुनेछ, विपरीतलिङ्गीको आकर्षणको पात्र बन्नुहुनेछ । कतै नयाँ ठाउँमा रोजगारी गर्ने सम्भावना समेत छ । आर्थिक हैसियतमा समुन्नति हुनेछ । परिवारमा माङ्गलिक र शुभकार्यहरू सम्पादन हुनेछन् । शैक्षिक र तालिममूलक कृयाकलापमा उच्च सफलताको योग छ । सुखसुविधा अभिवृद्धि हुने संसाधनको जोहो हुनेछ । सामान्यतया यस वर्षका ज्येष्ठ, भाद्र, मंसिर र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ४ मुखे रुद्राक्ष बुधबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  दैनिक रुपमा आमाको आशीर्वाद लिँदा वा मातृशक्तिको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
मिथुन  : (काकिकुकेको)
मिथुन राशी भएका व्यक्तिहरूले अप्रत्याशित रूपमा शुभफलकारक वर्षका रूपमा अभिनव वर्ष २०७० लाई प्राप्त गर्नु भएको छ । असारपछि रोकिएका र आँटेका कार्यहरूमा कार्यसिद्धि योग छ । सामाजिक, सांस्कृतिक र धार्मिक कार्यप्रति अभिरुचि जाग्नेछ । साथीभाई र बन्धुबान्धवका माझमा प्रतिष्ठा अभिवृद्धि हुनेछ । वैवाहिक र प्रेमप्रसङ्गमा उल्लेखनीय सुख प्राप्ति हुनेछ । व्यवसाय र रोजगारीका सन्दर्भमा प्रशस्त लाभदायक विकल्पहरू देखा पर्नेछन् । मातापिता र अभिभावकका साथमा कुनै विशिष्ट स्थानको पर्यटन र अवलोकन हुनेछ । सामान्यतया यस वर्षका असार, असोज, पुस र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ६ मुखे रुद्राक्ष शुक्रबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  सूर्योदयको समयमा गाईको दर्शन गर्दा वा विपरीत लिंगीसाथीसँग नम्र व्यवहार गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
कर्कट  : (हिहुहेहोडाडिडुडेडो)

कर्कट राशी हुने छात्रछात्रामा यो वर्ष शनिको अढैया दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ । मातापिता र अभिभावकको स्वास्थ्य चिन्ताको विषय बन्नेछ । परिवारमा सम्पादन गरिने धार्मिक र सांस्कृतिक कार्यक्रमले तपाईंको बौद्धिक र शैक्षिक कृयाकलापमा नकारात्मक असर पुर्याउने छ । आर्थिक पक्ष कमजोर हुनजानाले विद्याध्ययनमा अवरोध सिर्जना हुन सक्छ । साथीसङ्गी टाढिने सम्भावना छ । सामान्यतया यस वर्षका असार, कार्तिक, र फाल्गुन महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ३ मुखे रुद्राक्ष मङ्गलबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  दैनिक रुपमा चराचुरुङ्गीलाई चारो दिंदा वा भगवान् गणेशको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
सिंह  : (मामिमुमेमोटाटिटुटे)


दाजुभाई र साथीभाइसितको सम्बन्धमा उतारचढाव भए पनि २०७० साल सिंह राशी हुनेहरूका लागि शुभफलदायक वर्षकै रूपमा आएको छ । सम्मान, प्रतिष्ठा र यश अभिवृद्धि हुने कार्य गर्ने अवसरको प्राप्ति हुनेछ । धर्म, संस्कार र परम्परासम्बद्ध कृत्य र कर्तव्यपालनका क्षेत्रमा समय र मन दिन सक्नुहुन्न । शैक्षिक र बौद्धिक क्षेत्रमा सफलता हासिल हुनेछ । विपरीतलिङ्गीसँगको सम्बन्ध टुट्न सक्छ । मातापिता र अभिभावकबाट तपाईंले आफ्नो इच्छानुकूलका काम लिन सक्नुहुन्छ । खर्चको मात्रा बढ्ने छ, तर गलत ठाउँमा धनव्यय हुँदैन । सामान्यतया यस वर्षका श्रावण, मंसिर र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ५ मुखे रुद्राक्ष बिहीबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  दैनिक रुपमा पिता वा गुरुको आशीर्वचन ग्रहण गर्दा वा आफ्नो कुलपरम्पराबमोजिम कुलायनको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
कन्या  : (टोपिपुपेपो)

कन्या राशी हुने छात्रछात्रामा यो वर्ष शनिको अन्त्य साढेसाती दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ, चोटपटक, चिरफार र अङ्गभङ्ग हुने अधिकतम सम्भावना छ । दाम्पत्य सम्बन्ध कायम हुने पक्षमा यो वर्ष सकारात्मक छ । प्रयोगात्मक विषयका अध्येताका लागि यो वर्ष त्यत्ति फलदायक छैन । रचनात्मक र सिर्जनात्मक कार्यमा बाधा पुग्नेछ, अध्ययनअध्यापन क्षेत्रमा समेत विघ्न आउनसक्छ । सामान्यतया यस वर्षका वैशाख, भाद्र र पौष महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ७ मुखे रुद्राक्ष शनिबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  कर्मी वा श्रमिकहरुको सम्मानबाट वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
तुला  : (रिरुरेरोतातितुते)
तुला राशी हुने विद्यार्थीका लागि यो वर्ष शनिको मध्य साढेसाती दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ, चोटपटकको सम्भावना पनि छ । दाम्पत्य र प्रेम सम्बन्धमा किचलो आउन सक्छ वा मनमिल्ने विपरीतलिङ्गीको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । स्वयं आफ्नै स्वास्थ्यको समस्याले सताउने छ । आर्थिक रूपमा समेत यो वर्ष सुखद छैन । परिवारभित्र अनावश्यक विवादको सम्भावना छ । व्यापार व्ययसाय र रोजगारीका सन्दर्भमा यो वर्ष राम्रै छ । वैदेशिक यात्रा र पर्यटनका लागि सामान्य छ । यस वर्षका ज्येष्ठ, असोज र माघ महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ७ मुखे रुद्राक्ष शनिबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  कर्मी वा श्रमिकहरुको सम्मानबाट वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
बृश्चिक  : (तोनानिनुनेनोयायियु)
वृश्चिक राशी हुने अध्येताका लागि यो वर्ष शनिको आद्य साढेसाती दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि ग्रह शुभफल प्रदाता भएर बसेको अवस्थामा यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ, चोटपटकको सम्भावना पनि छ । प्रतिस्पर्धीहरूका कृयाकलापका कारण समस्या बेहोर्नु पर्छ । परिवारभित्र अनावश्यक विवादको सिर्जना हुनेछ, अनावश्यक र निरर्थक भ्रमणको सम्भावना समेत छ । माङ्गलिक कार्य र धार्मिक कृत्य धेरै समय प्रदान गर्नु पर्ने हुन्छ, धनलगानी समेत हुनसक्छ । रोजगारीका सन्दर्भमा यो वर्ष राम्रै छ । यस वर्षका असार, कार्तिक र फाल्गुन महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ५ मुखे रुद्राक्ष बिहीबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  अभिभावक र गुरुजनको सम्मानबाट वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ 
धनु  : (येयोभिभुफाभे)
धनु राशी हुने मानिसमा यो वर्ष सामान्यतया शुभ फल दिने वर्षकै रूपमा लिन सकिन्छ । भौतिक सुखसुविधा र विलासिताका सरसामानको जोहो हुनेछ । धार्मिक र सामाजिक सांस्कृतिक कार्य सम्पन्न हुनेछन् । कृषि र व्यापारवृत्ति तर्फ मन तानिने र त्यस क्षेत्रबाट लाभ हुने सङ्केत छ साथै रोजगारीका सन्दर्भमा समेत यो वर्ष राम्रै छ । यात्रा, पर्यटन, मनोरञ्जनात्मक क्रियाकलापका कारण पठनपाठनका बाधा पुग्नेछ । परिवारभित्र भाइबहिनी र मातापिताको स्वास्थ्य प्रतिकूल हुँदा मानसिक कठिनाइ र चिन्ताग्रस्त बन्नुपर्नेछ । प्रणय र प्रेमप्रसङ्गका दृष्टिले यो वर्ष सामान्य नै छ । यस वर्षका श्रावण, मार्ग र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ३ मुखे रुद्राक्ष मङ्गलबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा दैनिक रुपमा पशुपन्छीलाई चारापानी खुवाएर वा भगवान् गणेशको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
मकर  : (भोजिखिखुखेखोगागि)
मकर राशीका छात्रछात्राका निमित्त यो वर्ष मिश्रित फल प्रदान गर्ने वर्षका रूपमा आएको छ । वर्षभरि राशीस्वामी ग्रह शनि र राहुको युति रहनाले मानसिक तनाव र निराशाको सिर्जना गराए पनि समग्रमा वर्ष लाभदायक नै रहने छ । हाडजोर्नीसम्बद्ध शारीरिक कष्ट र वाहन, मोटर आदिको दुर्घटनाको योग भएकाले पठनपाठनमा प्रतिकूल असर पुग्नसक्छ । मनमा एकाग्रताको अभाव देखिए पनि बौद्धिक र प्राज्ञिक उन्नतिको सम्भावना नकार्न सकिंदैन । नोकरी र वैदेशिक रोजगारीका क्षेत्रबाट राम्रो आर्थिक उपलब्धी हासिल हुनेछ । साथीभाइ र बन्धुबान्धवबाट उचित मार्गदर्शन र हौसला प्राप्त हुनेछ । यस वर्षका वैशाख, भाद्र र पौष महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ६ मुखे रुद्राक्ष शुक्रबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा विपरीत लिंगी साथीहरुको सद्भाव प्राप्त गरेर वा गौमाताको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
कुम्भ  : (गुगेगोसासिसुसेसो)
कुम्भ राशीका व्यक्तिले नववर्ष २०७० लाई एउटा महत्वपूर्ण उपलब्धीमूलक वर्षका रूपमा पाउनु हुनेछ, कुनै नयाँ रोजगारी वा व्यवसायका लागि यो वर्ष अनुकूल वर्षका रूपमा देखिने छ । शैक्षिक र सामाजिक वर्चस्व कायम हुने प्रभावशाली कार्य सम्पादन हुनेछ । परिवारमा समेत हर्ष सञ्चरण हुनेछ र माङ्गलिक कृत्यहरू सम्पन्न हुनेछन् । सुखसुविधा र विलासिता प्रवद्र्धन गर्न जाँगर चल्नेछ । राशीस्वामी ग्रह शनि र राहुको युति रहनाले मानसिक तनाव र निराशाको सिर्जना भने हुनसक्ने सम्भावना छ । नयाँ प्रेमसम्बन्ध र मित्रताको प्रस्ताव आउने छ । साथीभाई र मित्रवर्गबाट समयोचित परामर्श र सहयोग प्राप्त हुनेछ । यस वर्षका ज्येष्ठ, असोज र माघ महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ४ मुखे रुद्राक्ष बुधबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा नवविवाहित दम्पतिलाई उपहार प्रदान गरेर वा भगवान् विष्णुको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
मीन  : (दिदुदेदोचि)

मीन राशीका जातकका निमित्त यो वर्ष सामान्य कष्टप्रद वर्षका रूपमा आएको छ । यो वर्ष शनिको अढैया दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ । चोटपटक र चिरफारसम्बद्ध रोगको प्रकोपको सम्भावना समेत छ । पढाइलेखाइको क्षेत्रमा प्रतिकूल प्रभाव पर्नेछ । आर्थिक तनावका कारण परिवारमा मतभेद र तनावको सिर्जना हुनेछ । विपरीतलिङ्गी सहयात्री सित मनमुटाव र मनोमालिन्यको योग छ तर मातापिता र मित्रवर्गबाट हौसला र सरसहयोग भने प्राप्त हुन्छ । यस वर्षका आषाढ, कार्तिक र फाल्गुन महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । गौरीशङ्कर रुद्राक्ष सोमबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा प्रत्येक महिनाको शुक्लपक्षको अष्टमीदेखि पूर्णिमासम्म साँझको समयमा चन्द्रमाको दर्शन गरेर वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।

via:jyoti saathi krishn prasad



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS