Widgets

जीवन मेरो साथी, रेखालाई रेष्टुरेन्टमा भेटेको’ : गणेश लामा (अन्तरवार्ता सहित)

Unknown | 20:14 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

वुधबार चलचित्र ‘मेरो मनको साथी’ को प्रिमियरमा पुगेका चर्चित डन गणेश लामाको निकटता नायक जीवन लुइटेलसँग रहेको रहस्य खुलेको छ । जीवनकै निमन्त्रणामा गणेश सिनेमा हेर्न पुगेपछि यस्तो रहस्य चुहिएको हो । उनले जीवन र आफ्नो निकटता २ बर्ष देखि रहेको खुलासा गरेका हुन् । यसअघि नायक जीवन लुइटेलकै निमन्त्रणामा युवा संघका अध्यक्ष महेश बस्नेत र केन्दि्रय सदस्य पर्शुराम बस्नेत ‘रिदम’ सिनेमा हेर्न पुगेका थिए । चलचित्र हेर्न पुगेका गणेश लामासँग अनलाइनखबरले गरेको विशेष कुराकानी यस्तो छ :
ganesh-lama
प्रिमियरमा पहिलो पटक आउनुभएको हो ?
नेपाली सिनेमा यसअघि पनि हेरेको हो । तर प्रिमियरमा भने पहिलो पटक आएको हो ।
कस्तो पाउँदै हुनुहुन्छ नेपाली सिनेमा ?
नेपाली सिनेमाको विकास भएको र यो उद्योगको रुपमा स्थापित भएको छ भन्ने मेरो वुझाई हो ।
सिनेमामा लगानी गर्ने सोच छ कि छैन ?
बास्तवमा नेपाली सिनेमा हेर्ने बानी सबैले राख्नु पर्ने हो । तर नेपालमा बलिउडका सिनेमा हाबी भएको पाउँछु म । तर पछिल्लो समय बलिउडलाई पनि चुनौती दिने खालका सिनेमा बन्न थालेको मैले सुनेको छु । राजनीतिक व्यस्तताका कारण अहिले नै म सिनेमामा लगानी गर्ने सोचमा पुगेको छैन । तर समय आयो भने पक्कै पनि लगानी गर्ने छु ।
तपाई नायक जीवन लुइटेलको निमन्त्रणामा आउनु भएको भन्ने सुनिएको छ, कती समय भयो तपाइहरुको चिनजान भएको ?
हाम्रो मित्रता भएको त्यस्तै २ बर्ष भयो होला । एकजना भाई मार्फत जीवन जी लाई भेटेको हो ।
jiwna-and-ganesh-lama
उहाँको सिनेमा हेर्नु भएको छ ?
‘नोटबुक’ नामक सिनेमा हेर्न त बोलाउनु भएको थियो । तर म पार्टिको केन्दि्रय समितीको बैठकका कारण बुटवलमा थिए र आउन पाइन ।
उहाँको निकटता महेश र पर्शुराम बस्नेतसँग पनि छ नि, थाहा पाउनु भएको थियो ?
खै त्यो त थाहा भएन ।
अन्य कलाकारसँग तपाइको निकटता कस्तो छ ?
म शिव श्रेष्ठ दाइसँग निकट छु । उहाँ र म पहिले सँगै व्यायम गथ्र्यौ । निखिल उप्रेतीलाई पनि राम्रोसँग चिन्छु ।
नायिकाहरुसँग निकटता छ कि छैन ?
नायिकाहरुसँग भने खासै चिनजान छैन ।
तर तपाई र नायिका रेखा थापा बिच पनि राम्रै चिनजान छ भन्ने सुनिन्छ त ? न्यू एयरको दिनमा तपाई र उहाँ एउटा रेष्टुरेन्टमा भेटेको तस्बिर पनि हामीसँग सुरक्षित छ त ?
न्यू एयरको दिनमा रेखा जी एउटा रेष्टुरेन्टमा जानु भएको रहेछ । म पनि त्यही पुगेको थियो । त्यहाँ नै हाम्रो चिनजान भएको हो । त्यो तस्बिर कसले खिच्यो मलाई थाहा भएन ।
रेखालाई तपाइले आफ्नै रेष्टुरेन्टमा भेट्नु भएको भन्ने पनि सुनिएको छ त ?
त्यो रेष्टुरेन्ट मेरो होइन । मेरो भाइको हो । यहाँ त अन्नपुर्ण होटल पनि गणेश लामाकै हो भनिदिन्छन्, तपाई पत्याउनुहुन्छ र ?
त्ययसपछि भेट्नु भएको छ कि छैन ?
हो त्यतिबेला मात्र हाम्रो भेट भएको हो । मैले चिनेको धु्रव न्यौपाने भाइसँग उहाँ आउनु भएको थियो । धु्रव र रेखा जीको चिनजान भने केही पुरानै रहेछ । तर मैले भने उहाँलाई त्यतिबेला मात्र भेटेको हो ।
सिनेमा हेरेपछि नेपाली चलचित्रको बिकास कस्तो भएको रहेछ जस्तो लाग्यो त ?
नेपाली सिनेमा गुणस्तर र कथावस्तुका हिसाबले उत्कृष्ट बनेको वुझे मैले ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS