Widgets

तेक्वान्दोबाट सन्यास लिने तयारीमा दीपक

Unknown | 15:24 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ वैशाख, काठमाडौं । कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्ट सन्यास लिने तयारीमा छन् । चोटका कारण झण्डै ४ वर्षदेखि रिङमा उत्रन नसकेका विष्ट सन्याससँगै व्यवसायी बन्ने तयारीमा छन् । ‘मेरा दुबै घुँडामा स्लाइड राखिएको छ, जसका कारण मैले खेल्न सकिरहेको छैन’-अनलाइनखबरसँग कुरा गर्दै विष्टले भने-’अब छिट्टै औपचारिकरुपमा सन्यासको घोषणा गर्ने तयारीमा छु ।’
deepak-bistha
सन्यासबारे तेक्वान्दो संघसँग कुरा भइरहेको र ढीलोमा यो वर्षभित्र सन्यास लिइसक्ने उनले बताए । विष्ट सन् २००८ को सागपछि लगातार ४ पटक स्वर्ण जित्ने दक्षिण एशियाका कीर्तिमानी खेलाडी हुन् र हाल राष्ट्रिय प्रशिक्षकको रुपमा कार्यरत छन् । यद्यपि अहिले पनि खेल हेर्दा रिङमा उत्रन मन लाग्ने उनले सुनाए । ‘खेल्न नपाउँदा साह्रै दुःख लाग्छ’ उनले भने-’कहिलेकाँही त रिङमा उत्रौंजस्तो लाग्छ तर, चोटका कारण सक्दिँन ।’
हाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका विष्टले साफ गेममा ४ पटक स्वर्ण र एशियन गेममा २ पटक रजत जितेका छन् ।
खेल क्षेत्रमा लागेर जीविकोपार्जन गर्ने अवस्था नभएकाले नै व्यवसाय गर्न लागेको उनले बताए । ‘मैले २० वर्ष देशका लागि खेले, नाम त कमाए तर, जीवन चलाउने पुग्ने अवस्था छैन’ उनले भने-’सँगैका साथीहरु विदेश गए । तर, म देशमै बसेर केही गर्न चाहन्छु । खेल क्षेत्रसँगै जोडिने गरी व्यवसाय सुरु गर्दैछु ।’ विष्टले करिव ६० लाखको लगानीमा बानेश्वरमा स्पोटर्स कलेक्सन सेन्टर खोल्दैछन् । यसका लागि व्यवसायी आत्मराम श्रेष्ठलगायतले उनलाई साथ दिँदैछन् ।
नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोमा रहेको शोम्भेश्वर कम्प्लेक्स विष्टले स्पोटर्स युनिभर्स नामको कलेक्सन सेन्टर खोल्ने तयारी गरेका छन् । ‘झण्डै ६० लाखको लगानीमा पसल खोल्दैछौं’ उनले भने-’नेपालमा खेलिने सबै खेलका सामाग्रीहरु राख्छौं ।’ खेल सामाग्रीमा गाउँदेखि शहरसम्मका सबैको पहुँच पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए । ‘राम्रो र सुपथ मूल्यमा खेलाडीलाई आवश्यक सबै सामाग्री राख्छौं’ विष्टले भने-’चीन, भारत, थाइल्याण्ड लगायतका देशबाट गुणस्तरीय राख्छौं ।’ खेल सामाग्रीबारे अध्ययन गर्न केही समय अघि चीन गएको उनी अन्य देश पनि जाने तयारीमा छन् । खेल सामाग्री निर्यातका लागि विभिन्न खेल संघहरुसँग पनि उनको कुराकानी भइरहेको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS