Widgets

सर्वस्वहरण भयो, म जिउँदो सहीद हुँ : पर्शुराम बस्नेत

Unknown | 15:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ बैशाख, बिराटनगर । एमाले जिल्ला नेता एवं युवा संघका निर्वाचित केन्द्रीय सदस्य पर्शुराम बस्नेतले आफूलाई एमालेको जिउँदो सहीद बताउनुभएको छ । साथै सरकारले आफ्नो सर्वस्वहरण गरेको भन्दै बस्नेतले रोक्का सम्पत्ति फुकुवाका लागि पहल गरिदिन एमालेसँग आग्रहसमेत गर्नुभएको छ ।
parsuram basnet
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहनुभएका बस्नेतले जिल्ला कमिटी बैठकमा बोल्दै आफूलाई अदालतले सफाइ दिएकाले आफूमाथि लगाइएको डनको आरोप फिर्ता लिई माफी माग्न जिल्ला नेतृत्वसँग आग्रह गर्नुभएको हो ।
बस्नेतको भनाइ उधृत गर्दै एमालेका एक जिल्ला नेताले अनलाइनखबरलाई भने- ‘मलाई पार्टीभित्रैबाट अपराधीका रुपमा प्रचार गरियो, तर अदालतले मलाई सफाइ दिएको छ । अब ममाथि आरोप लगाउनेहरुले माफी माग्नुपर्छ ।’पत्रकार खिलनाथ ढकालमाथि कुटपिट गरेको र गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका बस्नेतले जिल्ला अदालतबाट सफाइ पाएपछि आफ्नो सम्पत्तिमाथि राज्यले लगाएको रोक्का फुकुवाका लागि पहल गरिदिन बैठकमा आग्रह गरेको स्रोतको कथन छ । ‘अहिले सरकारले मेरो बुबाको सम्पत्तिसमेत रोक्का गरिराखेको छ, मेरो सर्वस्वहरण भएको छ । म पार्टीको जिउँदो सहीद हुँ ।’- बैठकमा बस्नेतको भनाइ थियो ।
पार्टी सचिवले माफी मागे
आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष झलनाथ खनालविरुद्ध जिल्ला कमिटीमा खेद प्रस्ताव ल्याउने एमाले मोरंगका सचिव ऋषि पोखरेलले बैठकमा माफी माग्नुभएको छ । एमाले जिल्ला अधिवेशनमा भाषण गर्नेक्रममा अध्यक्ष खनालले पार्टीभित्र डन र गुण्डागर्दी बढेको सुनेको छु, त्यस्तो गुण्डागर्दी चल्दैन भन्नुभएपछि ओली खेमाका पोखरेलले खनालविरुद्ध जिल्ला कमिटीको पहिलो बैठकमै खेदप्रस्ताव राख्नुभएको थियो । अध्यक्षविरुद्ध जिल्ला कमिटीले त्यस्तो प्रस्ताव ल्याउन नमिल्ने भन्दै जिल्ला अध्यक्ष महेश रेग्मी र खनाल पक्षधर सदस्यले विरोध गर्दै आएका थिए । ८३ जनाको जिल्ला कमिटीमा ११ जनाले खनालविरुद्ध खेद प्रस्ताव ल्याउनुपर्ने भन्दै आएका थिए । अन्तिममा सचिव पोखरेलले आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि यो विवाद पटाक्षेप भएको छ ।
कुटेर खेदिएकालाई घर र्फकन आग्रह
आफ्नै पार्टीभित्र पर्शुराम बस्नेत र विनोद ढबाल समूहबाट पिटाइ खाएर एमाले छाडेका पुराना नेताहरुलाई एमालेमा फिर्ता ल्याउने निर्णयसमेत एमाले मोरङले गरेको बुझिएको छ । ‘पार्टीकै मान्छेबाट कुटेर खेदिएका साथीहरुलाई घर र्फकन आग्रह गर्ने निर्णय भएको छ ।’ मोरङका एक जिल्ला सदस्यले अनलाइनखबरसँग भने । मोरङका पूर्वजिविस सभापति एवं एमाले नेता टुलुराम राजबंशीलाई कार्यालयमै कुटेर कालोमोसो दलिएपछि राजबंशी अहिले मधेसी जनआधिकार फोरममा लाग्नुभएको छ । त्यस्तै एमाले नेता एवं बिराटनगरका चर्चित बुद्धिजीवी हेमराज पन्त यतिबेला एमाओवादीमा लाग्नुभएको छ ।
पार्टीभित्रका डनबाट पिटाइ खाएका अर्का एमाले नेता सत्यनारयण साह चाँहि कौटिल्य नेतृत्वको सशस्त्र समूहमा लाग्नुभएको छ । पार्टीअध्यक्ष मधेश रेग्मीले भने पार्टीभित्रैका डनका हातबाट पिटाइ खाए एमाले छाड्नुभएन । उता एमालेले कुटिनेहरुलाई घर र्फकन निर्णय गरेरहेका बेला अर्का पुराना नेता भूराज राई भने अशोक राईतिर लाग्नुभएको छ । मोरङका अर्का पुराना नेता लब प्रधान भने माओवादी बन्नुभएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS