Widgets

विवादपछि एमाले १ नम्बरमा दर्ता

Unknown | 15:56 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१७ वैशाख, काठमाडौं । को पहिले दर्ता हुने भनेर बिहानैदेखिको लगफत्तीपछि अन्ततः नेकपा एमाले निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ । त्यसैगरी आयोगले एनेकपा माओवादीलाई दोस्रो, राप्रपा नेपाललाई तेस्रो र नेपाली कांग्रेसलाई चौथो नम्बरमा दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा मंगलबार १० बटा दल दर्ता भएका छन् भने ३४ दलले फारम लगेका छन् ।
Sample-Balllot
‘नेकपा एमाले एक नम्बरमा दर्ता भएको छ, अबको चुनावमा पनि यो पहिलो शक्ति बन्छ ।’ दल दर्तापछि एमाले उपाध्यक्ष वामदेव गौतमले अनलाइनखबरसँग भन्नुभयो-’अहिले पहिलो नम्बरमा दर्ता गरे पनि चुनाव चिन्ह र मतपत्रमा कुन दललाई पहिलो दोस्रो बनाउने भन्नेबारे पछि निर्णय गर्ने गरी आयोगले एमालेलाई पहिलो दलका रुपमा दर्ता गरेको हो ।’
पहिले दर्ता गर्दैमा मतपत्रमा प्रभाव नपर्ने
आयोगले मंगलबारबाट दल दर्ताको आवेदन खोलेपछि बिहान ६ बजे नै एमालेको टोली दलबलसहित आयोगको गेटमा पुगेको थियो । त्यसपछि क्रमशः एमाओवादी र राप्रपा नेपालका नेता, कार्यकर्ताहरु पुगेका थिए । को पहिले आएको भन्दै एमाले र एमाओवादीवीच कार्यालय खोल्नासाथ विवाद भएपछि केहीबेर दल दर्ता प्रक्रिया अवरुद्ध भएको थियो । त्यसपछि बसेको आयोगको बैठकले एमालेलाई पहिलो, एमाओवादीलाई दोस्रो, राप्रपा नेपाललाई तेस्रो र नेपाली कांग्रेसलाई चौथो दलका रुपमा दर्ता गरेको हो ।
आयोगले गरेको निर्णयमा मतपत्रमा दलको नाम उल्लेख गर्दा अहिलेको निवेदनलाई आधार नमानी नयाँ निर्णय गरिने उल्लेख भएपछि एमाओवादीले एमाले भन्दा पछि दर्ता हुन मानेको हो । ‘कार्यालय खुलेपछि दर्ता हुने भए पनि बिहान पाँचैबजे नेताहरु आयोगमा आउनुभएछ । जसले पहिले दर्ता गर्छ, उसैको नाम मतपत्रमा पहिलो हुनुका साथै चुनाव चिन्ह पाइन्छ भन्ने भ्रमले गर्दा उहाँहरुले विवाद गर्नुभएको हो ।’ निर्वाचन आयुक्त इला शर्माले अनलाइनखबरसँग भन्नुभयो ।
यो राम्रो लक्षण हो : प्रमुख आयुक्त
दलहरुले आयोग परिसरमा झगडा गरिरहेका बेला पोखरामा रहनुभएका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अनलाइनखबरसँग भन्नुभयो-’यो राम्रो लक्षण हो, यसले चुनाबको माहौल शुरु भएको संकेत गरेको छ ।, अब राजधानी बाहिर पनि यस्तै रौनक शुरु हुनुपर्छ ।’
प्रमुख आयुक्त उप्रेतीले अहिले जुन दलले जति नम्बरमा दर्ता गरे पनि चुनाव चिन्ह र मतपत्रमा दलको नाम चढाउनेबारे आयोगले निर्णय गरिनसकेको र पछि कसैको पनि चित्त नदुख्नेगरी निर्णय गरिने बताउनुभयो । ‘मतपत्रमा राखिने चुनाव चिन्हबारे अहिल्यै निर्णय गरिसकिएको छैन, अन्तरराष्ट्रिय प्रचलनलाई समेत ध्यान दिँदै कसैको चित्त नदुख्ने गरी पछि निर्णय लिइने छ, अहिले ज-जसले जति नम्बरमा दर्ता गरे पनि हुन्छ ।’ उहाँले भन्नुभयो ।
विवाद हुँदा आयोग रित्तै
दल दर्ताका लागि निवेदन आह्वान गरेकै दिन एमाले र एमाओवादीवीच चर्काे विवाद भैरहँदा निर्वाचन आयोगमा भने दुईजना आयुक्तहरुको उपस्थिति थियो । विवाद समाधान गर्ने बेलामा आयोगमा अयोधीप्रसाद यादव र रामभक्त पीवी ठाकुरमात्रै हुनुहुन्थ्यो । प्रमुख आयुक्त उप्रेती र आयुक्त दोलखबहादुर गुरुङ र इला शर्मासमेत राजधानी बाहिर जानुभएकाले कार्यालयमा हुनुहन्थेन । ‘हामी जिल्ला-जिल्लामा आयोजित कार्यक्रममा भाग लिन बाहिर गएका हौं, आयोगमा दुई आयुक्तको नेतृत्व पर्याप्त छ ।’ उप्रेतीले अनलाइनखबरसँग भन्नुभयो ।
प्रमुख आयुक्त उप्रेती पोखराको कार्यक्रम सकेर बाग्लुङ जाँदै हुनुहुन्छ । उहाँ विहीबार मात्रै राजधानी आउनुहुने छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS