Widgets

को-को थपिए एमाले केन्द्रीय समितिमा ?

Unknown | 15:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ वैशाख, काठमाडौं । नेकपा एमालेले ९ केन्द्रीय सदस्य मनोनयन गरेको छ । साथै आगामी संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर १ महिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ ।
UML officeपार्टी मुख्यालय बल्खुमा सोमबार बसेको स्थायी समिति बैठकले तत्कालिन उपाध्यक्ष अशोक राईसहितको जनजाति र मधेसी नेताहरुको समूहले पार्टी छाडेपछि रिक्त रहेको पदमा मनोनयन गरेको हो ।
केन्द्रीय सदस्य मनोनित हुनेमा भोजपुरका शेरधन राई र राजेन्द्र राई, काठमाडौंका सानु श्रेष्ठ, महोत्तरीका रामदयाल मण्डल, सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, चितवनका केशबलाल श्रेष्ठ, पाँचथरका गणेश काङमाङ तनहुँका एकबहादुर राना र मुगुका चन्द्रबहादुर शाही रहनु भएको छ । पूर्व सभामुख सुवास नेम्बाङ र संगठन विभागका सचिव ज्ञानबहादुर भुजेललाई पनि केन्द्रीय सदस्य बनाउने सहमति भएको सचिव शंकर पोखरेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । नेम्बाङ र भुजेल भने केन्द्रीय समितिले मनोनयन गर्ने ५ प्रतिशत अन्तरगत पर्नु हुनेछ ।
बुटबल महाधिवेशन भएको ५ वर्ष पुग्दा समेत एमालेले कुल १ सय १६ केन्द्रीय सदस्यको ५ प्रतिशत अर्थात ६ जना मनोनयन गर्न सकेको छैन । ५ प्रतिशत मध्ये नेम्बाङ र भुजेलको नाम टुङ्गो लागेपछि बाँकी ४ जना पोलिटव्यूरोले चयन गर्ने छ ।
संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान अन्तरगत २४० वटै निर्वाचन क्षेत्रमा केन्द्रवाट एकएक जना सहकर्ता खटाइने छ । उक्त अभियानको समापन पश्चात राष्ट्रिय प्रतिनिधि परिषदको वैठक आयोजना गरिने पोखरेलले जानकारी दिनुभयो ।
स्थायी कमिटीले गरेको केन्द्रीय सदस्य मनोनयनसहितका एजेण्डामा छलफल गर्ने २१-२४ सम्म पोलिटव्यूरो र २५-२६ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको सचिव पोखरेलले जानकारी दिनुभयो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS