Widgets

सानीआमाले यसरी बनाईन् कोठीको बेश्या

Unknown | 04:03 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


कहाँबाट सुरु गरौँ ? सुरुवात गर्नै गाह्रो लाग्यो । झन् लोग्नेमान्छेसँग कुरा गर्न त मनै लाग्दैन । लोग्नेमान्छे देख्दै रिस उठ्छ । तिनीहरूले मलाई कति सताएका छन् कति । त्यो सबै सम्झिदा त चिथोर्न मन लाग्छ ।

अहिले २१ वर्षकी भए । धनकुटा घर हो । चार वर्षअघि बिहे भएको हो । परिवारको सहमतिमै बिहे भयो । वर्ष दिन राम्रैसँग बिते । छोरी जन्मिइन् । श्रीमान्, सासूससुरा तथा अन्य परिवारजनसँग राम्रै थियो । दुई वर्षअघिको कुरा हो, आमा बिरामी हुनुभयो । हेरचाह गर्ने कोही थिएन । माइती घर आएँ । महिना दिनभन्दा बढी आमासँगै बस्नुपर्‍यो । त्यही निहुँमा घरपरिवार र श्रीमान्सँग झगडा भयो । श्रीमान्ले भन्नुभयो, 'माइतीमै बस्, अब मेरो घर नआइज ।' उहाँ म र छोरीलाई छाडेर मलेसिया जानुभयो ।

घरबाट कोही लिन आएनन् । मलाई पनि घरमा आउन दिएनन् । म माइतीमै बसे । माइतीको अवस्था पनि राम्रो थिएन । आर्थिक अवस्था कमजोर छ । त्यहीवेला सानीआमा आउनुभयो । बज्यै र मलाई भारत जाऔँ भन्नुभयो । उहाँको पूरै परिवार भारतको आग्रामा बस्छ । बज्यैसँग छोरीलाई लिएर केही दिनका लागि म पनि आग्रा गएँ, २०/२२ महिनाअगाडि ।

आधा महिनापछि बज्यै घर फर्किनुभयो । म त्यहीँ बसेँ । सुरुवातमा त म घरकै काम गर्थें । बिस्तारै अरू काममा पनि लगाउन थाल्नुभयो । सानीआमाको घरमा बाहिरका मान्छे पनि आउँथे । म त नातेदार, आफन्त तथा चिनेजानेकै मान्छे होलान् भन्ने सोच्थेँ । पछिपछि त उनीहरूसँग सुत्न लगाउन थाल्नुभयो । केही दिन त मैले मानिनँ । सात-आठवटा कोठा भएको घर थियो । चार-पाँचजना अरू दिदीहरू पनि थिए । उनीहरू पनि नेपालीजस्तै थिए, तर हिन्दी बोल्थे । उनीहरू पनि बाहिरबाट आउने मान्छेसँग सुत्ने रहेछन् । त्यहाँ आउने लोग्नेमान्छे आफन्त होइन ग्राहक पो रहेछन् ।

केही दिन मैले नमान्दा पनि केही भन्नुभएन । महिनादिन बित्नै लाग्यो । त्यसपछि 'सित्तैमा कसले दिन्छ तलाईं खाना ? तेरा बुबाले कमाएर राखेको छैन । जे भन्छु त्यो काम गर,' भन्दै कुट्न थाल्नुभयो । बेस्सरी कुटेपछि हिँडडुल गर्नै नसक्ने भएकी थिए । एकसाँझ कोठामै थिएँ, एकजना जड्याहालाई कोठामा पठाउनुभयो । ऊ भित्र आएपछि बाहिरबाट ढोका बन्द गरिदिनुभयो । त्यो अजंगको लोग्नेमान्छेलाई मैले जति गर्दा पनि सम्झाउन सकिनँ । उसले ममाथि जबरजस्ती गर्‍यो । सानीआमाको कुटाइको पीडा र त्यसको जबरजस्तीले मलाई अति पीडा भयो । म कराए, चिच्याएँ, रोएँ, तर केही सीप लागेन । बन्द कोठाभित्र मैले रोएको कसले सुन्थ्यो र ? तीन-चार घन्टापछि जड्याहा त गयो, तर म रातभर सुत्न सकिनँ । साह्रै गाह्रो भयो, पूरै शरीर दुख्यो ।

त्यस्तो क्रम दिनदिनै दोहोरियो । मैले अस्वीकार गर्दा कुटाइ खान्थेँ, त्यसैले कुटाइ खानुभन्दा त जे भन्यो त्यो गर्न थालेँ । बिहान ८-९ बजेदेखि नै ग्राहक आउन थालिहाल्थे । दिनमा दश-बाह्र जनासम्म आउथे । त्यस्तो दिन राति सुत्नै सक्दिन्थेँ । पूरै जीउ दुख्थ्यो । कोही ग्राहक त राम्रै हुन्थे । आधा घन्टा/एक घन्टामा जान्थे । कोही/कोही भने रक्सी पिएर आउथे । साह्रै दुःख दिन्थे । उनीहरूले भनेअनुसार गर्नुपथ्र्यो । मान्छेको जस्तो व्यवहार गर्दैनथे । बाघ, भालुजस्तै जनावर लाग्थे । तैपनि सहनुपथ्र्यो, सहन्थेँ ।

कति दिन बाहिर निस्किन पनि खोजेँ । बाहिर कस्तो छ, थाहा थिएन । 'बाहिर प्रहरी बसेका छन् । यस्तो काम गर्छौ भन्ने थाहा छ । बाहिर निस्क्यौ भने प्रहरीले पक्राउ गर्छ,' भनेर सानीआमा डर देखाउँथिन् । मलाई थाहा थिएन, प्रहरीले पक्राउ गर्ला भनेर बाहिर निस्किदैन्थेँ । भित्रै खायो, भित्रै बस्यो । कहिल्यै बाहिर आइनँ ।
यस्तो गर्दा गर्दै ६ महिना बिते । सहनै गाह्रो हुन थालेपछि घरमा फोन गरेँ । मलाई लिन आउनुभनेर बुबालाई भनेँ । बुबा पनि धनकुटाबाट आउनुभयो । महेन्द्रनगर पुगेपछि पनि फोन गर्नुभएको थियो । 'बुबालाई बोलाइस् भने मारिदिन्छु । वनबासा पुग्नेबित्तिक्कै मार्न लगाउँछु । त्यहाँ पुग्नै दिन्नँ,' भनेर सानीआमाले धम्क्याइन् । बुबालाई मार्नुभन्दा त बरु म नै दुःख सहन्छु भन्ने सोचेँ । धनकुटाबाट महेन्द्रनगर पुगेका बुबालाई घर फर्किनुस् भनेँ । र बुवा घर फर्किनुभयो ।

त्यसपछि पनि काम त्यही हो । जे-जे गर भन्यो, त्यही गर्थें । केही विरोध गर्न सकिनँ । बिहानदेखि अबेर रातिसम्म ग्राहकलाई खुसी पार्नुपथ्र्यो । बिस्तारै बानीजस्तै भयो । तैपनि धेरै लोग्नेमान्छे आएको दिन भने गाह्रो हुन्थ्यो । राति सुत्नसमेत सकिँदैन्थ्यो ।

आठ-नौ महिनापछि भने बाहिर पनि पठाउन थाले । दुई, तीन दिन, सातादिनका लागि बुकिङमा जानुपथ्र्यो र जान्थेँ । दुई-तीन दिनका लागि बाहिर जाँदा पनि कोही राम्रा मान्छे हुन्थे, राम्रो व्यवहार गर्थे । कोही दुःख दिन्थे, साथीभाइसँग पनि सुत्न लगाउथे ।

यसरी बाहिर जाँदै गर्दा एकजना 'राम्रो मान्छे' भेटिए । उनी भारतीय नै थिए । उनलाई सबै पीडा पोखेँ । मेरो पीडा सुनेपछि उनले भने, 'चिन्ता नगर । म तिमीलाई बाहिर निकाल्छु ।' त्यसपछि केही दिनका लागि उनीसँगै बाहिर निस्केँ । उनले धनकुटा ल्याइदिए ।

घर आएपछि मुक्ति पाएजस्तो भयो । अब त बाचेँ भन्ने लाग्यो । तर, के गर्नु मेरी छोरी आग्रामै थिई । 'छोरीलाई बेचेर आइस्' भनेर घर परिवारले सताउन थाले । गालीगलौज मात्रै होइन, झगडा गर्न थाले । अनि जे होला-होला भनेर छोरी ल्याउन एक्लै घरबाट निस्केँ । गड्डाचौकीबाट भारत पस्नै लाग्दा माइती नेपालको याद आयो । बज्यैसँग जाँदा पनि माइती नेपालका दिदीहरूले सोधपुछ गरेका थिए । बज्यै भएकाले जान दिएका थिए । योपटक मैले माइती नेपालका दिदीहरूलाई सबै कुरा बताए ।

अनि माइती नेपाल कन्चनपुरकी संयोजक महेश्वरी भट्टलाई लिएर आग्रा गए । उहाँले भारतीय प्रहरीसँग मिलेर त्यो घरमा छापा हान्न लगाउनुभयो । सबैलाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरूमाथि आग्रामै मुद्दा हालेका छौँ । त्यसपछि छोरीलाई लिएर म नेपाल फर्किएँ । अहिले म र छोरी माइती नेपालमै छौँ । यो सबै कुरा एकजना मामाबाहेक अरू कसैलाई बताएकी छैन । आमाबुबाले घर आऊ भन्छन्, मन लाग्दैन । अब घर जान्न होला । यतै माइती नेपालमै बस्छु । छोरीलाई पाल्छु, मजस्तै अरू दिदीबहिनीले दुःख भोग्नु नपरोस् भनेर बेचबिखनविरुद्धको काममै लाग्छु ।

अब बिहे पनि गर्दिनँ । हुन त मेरो बिहे गर्ने उमेर अझै भएको छैन । भर्खर त २१ वर्षकी भएँ । तैपनि बिहे कस्तो हँुदोरहेछ भोगिसकेँ । स-सानो कुरामा श्रीमान्ले छाडे । घरपरिवारले पनि दुःख दिए ।
लाग्नेमान्छे कस्ता हुन्छन्, बुझिसकेँ । आप\mनै श्रीमान् र आग्राका कोठीहरूका कैयौँ लोग्नेमान्छे देखिसकेँ । उनीहरूले दिएको पीडा कस्तो थियो, मलाई थाहा छ । अहिले पनि लोग्नेमान्छे देख्दा आग्राको कोठीमा आउनेले गरेको व्यवहार याद आउँछ । बहुलाएजस्तै हुन्छु, रिंगटा लागेजस्तो हुन्छ । जीउ थरथरी काँप्छ । रुन मन लाग्छ । आफैँ आँसु आउँछ । मुटु ढुकढुक गर्छ । त्यसैले लोग्ने मान्छे देख्दा डर लाग्छ ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS