Widgets

भारतसँग सम्बन्ध सुध्रियो : प्रचण्ड

Unknown | 15:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१७ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको वातावरण बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । दलहरुवीच राष्ट्रिय सहमति बने नेपालको विकासमा सघाउन दुबै छिमेकीहरु तयार रहेको प्रचण्डको निश्कर्ष छ ।
prachanda
चार दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’विगतमा कम्युनिकेश ग्यापका कारण एकअर्काको बुझाइमा केही कमजोरी रहृयो । त्यसलाई चिर्दै नयाँ शिराबाट विश्वासको वातावरण बनाउन राम्रो धरातल बनेको छ भन्ने हाम्रो निष्कर्ष छ ।’ आफ्नो भ्रमणले एमाओवादी र भारतको मात्र नभएर नेपाल-भारतकै सम्वन्ध सुधारका लागि विश्वासको आधार बनेको उहाँको भनाइ छ ।
भाषिक आधारमा संघीयता
प्रचण्डले भारतीय नेताहरुले नेपालमा छिट्टै निर्वाचन होस भन्ने चाहेको बताउनुभयो । भारतीय प्रधानमन्त्रीले मंसिरमा चुनाव हुन्छ त भनेर सोधेको भन्दै उहाँले आफूले चुनाव हुनेमा विश्वस्त पारेको बताउनुभयो ।
संघीयताबारे भारतको के सुझाव रहेछ भन्ने प्रश्नमा उहाँले भारतीय पक्षले भाषाका आधारमा संघीयतामा जान सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो-’संघीयतामा जानुपर्छ भन्नेमा सबैको मत थियो । संघीयतामा जाँदा एउटा क्राइटेरिया बनाउनुपर्छ । त्यसमा भाषिक आधारमा जाँदा राम्रो हुन्छ भन्ने उहाँहरुको सुझाव थियो ।’
स्थिरता र विकासमा सघाउन भारत तयार
प्रचण्डले भारतीय प्रधानमन्त्रीसहितका अधिकारीहरुसँग भएको भेटमा आफूले जलविद्युत र लुम्बिनी विकासमा लगानी गर्न आग्रह गरेको बताउनुभयो । सबल र सक्षम नेपाल निर्माणले मात्र छिमेकीहरुको सुरक्षा चासो र चिन्तालाई सम्बोधन गर्न सक्छ भन्दै आफूले ठूला आयोजनामा संयुक्त लगानी गर्न प्रस्ताव गरेको उहाँको भनाइ छ ।
आफूले अघि सारेको त्रिदेशीय साझेदारीबारे भारत नकारात्मक नभएको तर, पहिलो द्वीपक्षीय सम्वन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । नेपालको स्थिरता र विकासमा सघाउने भारत तयार रहेको उहाँले बताउनुभयो । ‘नेपालको स्थिरता र विकासप्रति दुबै छिमेकी चिन्तित छन्’ उहाँले भन्नुभयो-अब देश विकास गर्ने, नगर्ने हाम्रो हातमा छ । हामीले देशभित्रै राम्रो समझदारी बनाउन सक्यौं भने अबको दशक सम्वृद्धिको दशक हुनेछ ।’
सेनापति प्रकरणमा कमजोरी
यसैबीच प्रचण्डले सेनापति प्रकरण र राष्ट्रपति निर्वाचनमा कमजोरी भएको बताउनुभएको छ । नयाँदिल्लीमा रहँदा बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भन्नुभएको छ-’कटवाल प्रकरणलाई त्यसरी हृयाण्डल गर्नु हुँदैन थियो । यदि हामीले त्यो गल्ती नगरेको भए परिस्थिति अर्कै हुन्थ्यो र संविधान बन्न सक्थ्यो ।’ उहाँले अघि भन्नुभयो- ‘राष्ट्रपतिको चुनावमा पनि हाम्रो केही कमजोरी रहृयो । यदि गिरिजाबाबुलाई हामीले राष्ट्रपति बनाएको भए परिस्थिति अर्कै हुन्थ्यो ।’ लोकतान्त्रिक प्रक्रियामा आउँदै गरेको माओवादीले केही कमजोरी गर्नु स्वभाविक भएको भन्दै उहाँले गएको ७ वर्षमा धेरै सिकेको बताउनुभयो ।
सोनिया र राष्ट्रपतिसँग भेट भएन
प्रचण्डको तीन दिने भ्रमणमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र कांग्रेस नेतृ सोनिया गान्धीसँग भेट भएन । प्रचण्डले गान्धीलाई पनि भेट्ने चर्चा चलेको थियो । त्यस्तै नेपाल मामिलाका जानकार मुखर्जीले पनि प्रचण्डसँग भेट गर्ने अनुमान गरिएको थियो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS