बिरामी गाउँलेले राष्ट्रपतिलाई भने-’यो दवाई ठीक छ कि छैन ?’
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१२ वैशाख, धनुषा । आफ्नो पैतृक घर सपही ९ मा लटरम्मै फलेको आँपको बोटमुनि कुर्सी लगाएर बस्नुभएका राष्ट्रपति डा. रामबरण यादवसँग बुधबार भेट्नेको संख्या बाग्लो थियो ।
राष्ट्रपतिलाई भेट्ने गाउँलेले आ आफ्ना समस्या राख्ने गरेका छन् । राष्ट्रपति यादबलाई भेट्न गएका सिनुजोड निवासी रामभजन यादवले आफूले खाने गरेको औषधि देखाउन थाले । उनले सोधेका थिए ‘डाक्टर साहेब यो दबाई गीक छ कि छैन् ? ‘
राष्ट्रपति यादबले समेत दबाईलाई उल्टाइपल्टाई गरेर कहाँ उपचार गराएको जस्ता प्रश्न गर्नुभएको थियो । राष्ट्रपतिले भन्नुभयो ‘यौ औषधि खाँदा ठीक भएन भने काठमाण्डौं आउनु म उपचार गराइदिउँला ।’
नेपाली काँग्रेसको सक्रिय राजनीतिमा होमिएपछि राष्ट्रपति यादबले आफ्नो चिकित्सकको पेसाबाट औपचारिक रुपमा बिराम लिनुभएको थियो । तर पनि यस क्षेत्रका जनताले राष्ट्रपति यादब आउँदा स्वास्थ्य समस्याका बारेमा जानकारी गराउने गरेको नेपालसमाचार पत्रमा खबर छ ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments