युवती भनेपछि सन्त महन्त तथा महापुरुष त गले भने जाबो राजनीति गर्ने मान्छे किन लुथ्रुक्क नपर्लान् । तरुण वयका तन्नेरी देखि उमेर पाकेका सम्मलाई पनि सहबासको इच्छा जागृत नहुने कुरै भएन । त्यसैले होला स्त्री अस्त्र मान्छे फसाउन तथा पंगु बनाउन निकै बलियो हतियार बन्ने गर्छ । केही समयपहिले तालिवान विद्रोहीले विदेशी सेनालाई नियन्त्रणमा लिनका लागि सुन्दरी हतियारको प्रयोग गर्ने गरेको घटना सार्वजनिक भएको थियो । अहिले यस्तै घटना भारतमा पनि सार्वजनिक भएको छ ।
Women-used-as-baits-to-trap-Maoists
भारतमा सुरक्षा निकायले माओवादी विद्रोहीका नेताहरुलाई कब्जामा लिनका लागि युवतीको प्रयोग गर्ने गरेको खबर छ । यो रणनीतिबाट केही माओवादीका चर्चित मान्छेहरुलाई समेत सुरक्षाकर्मीले कब्जामा लिन सफल भएका छन् ।
पछिल्लोपटक माओवादी विद्रोहीका चर्चित नेता योगेन्द्र गञ्झु लगायतका दुइ जना पक्राउ परेका छन् । आफ्ना केटीसाथीलाई भेट्न गएका बेला प्रहरीले ती दुइलाई पक्राउ गरेको बताइएको छ ।
माओवादी नेताहरुका गर्लफ्रेण्डको चालचलन, उठबस तथा सम्पर्क सम्बन्ध र दिनचर्याको गुप्त रुपमा अध्ययन गर्ने र सोही मुताविक जब माओवादी नेताहरु गर्लफ्रेण्डलाई भेट्न आउने चाँजोपाँजो मिलाएका हुन्छन् त्यहीँ बेला घेरा हाली समात्ने रणनीति प्रहरीले बनाएको छ । अहिलेसम्म समातिएका मध्ये धेरै माओवादी लडाकुहरुलाई उनीहरुका युवती साथीहरुकै माध्यमबाट समात्न सफल भइएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार माओवादीहरुले पार्टीका बैठक, तालिम तथा कार्यकर्ता भेटघाटको कार्यक्रम त्याग्न सक्छन् तर केटीलाई भेट्ने कुरा त्याग्न सक्दैनन् । सोही कमजोरीको फाइदा उठाउन प्रहरी सफल भएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/05/71223/#sthash.HjtaL0TF.dpuf

जाँडरक्सीको कुलतमा मान्छे फसेको कुरा त सामान्य हो । तर बेलायतकी एक महिला भने कोकाकोलाको कुलतमा फसेकी छिन् । बेलायतको चेशाएरमा बस्ने ४२ वर्षकी ज्याकी बालनलाई दिनमा ८ लिटर कोक पिउनुपर्छ । साँच्चीकै उनलाई कोकको लत नै लागेको छ । कुनै दिन कोक पिउन अलि कम गर्योकी निकै टाउको दुख्छ । उनी भन्छिन्, ‘म कोक बिना ४० मिनेटभन्दा बढि बस्न सक्दिन । मैले कोक पिउन बन्द गर्नै सक्दिन, म थाकिसकेँ ।’
cook
कोकले आफ्नो टुप्पी बिकाइसकेको र वर्षमा कोककै लागि वाषिर्क ३ हजार पाउण्ड छुट्टाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । आफु किशोरी छँदा आफ्नै बाउआमाको रेष्टुरेन्टमा गएर कोक खाँदा आफुले कोक खाने बानी सिकेको र कहिलेकाहीँ त दिनमा १६ लिटरसम्म पनि कोक पिएको उनको भनाइ छ ।
कोकको लत कसरी छुटाउने ? मलाई विशेषज्ञको सल्लाह चाहियो । नत्र मलाई कोकका लागि खर्च गर्न आर्थिक सहयोग चाहियो, उनी भन्छिन् ।
- See more at: http://www.onlinekhabar.com/2013/05/70955/#sthash.uA6IaVSU.dpuf

प्रेमीप्रेमिकाको खोजिमा अनलाइनमा डेटिङ साइटमा घोत्लिनेहरुलाई अब फुर्सद मिल्ने भएको छ । अनलाइन डेटिङ प्रोफाइल बनाएर डेटिङमा गएर रमाइलो गर्नका लागि मात्र नभएर जिवन बिताउने जोडी खोज्ने चलन पश्चिमा समाजमा पर्याप्त छ र हाम्रोमा पनि यो ट्रेण्ड भित्रिइसकेको छ । तर अब भने यस्तो डेटिङ प्रोफाइलको झण्झटबाट मुक्ति मिल्ने भएको छ । किनकी एउटा यस्तो नयाँ वेबसाइट सार्वजनिक भएको छ जसले फेसबुकबाटै जोडी मिलाइदिनेछ ।
facebook-dating
क्यानुडल डट कम नामक उक्त वेबसाइटले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अध्ययन गरी अविवाहितहरुलाई मिल्दो जोडी जुटाइदिने प्रयास गर्नेछ । फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखेको मनपर्ने चलचित्र, किताब, रुचीको विषय, ठाउँ जस्ता कुराहरुको अध्ययन गरी मन मिल्ने युवा युवतीबीच जोडि मिलाइदिने प्रयास उक्त वेबसाइटको हुने एक अस्ट्रेलियाली वेबसाइटले जनाएको छ ।
यो वेबसाइट ग्लोबल डेटिङ कम्पनी कुपिडले बनाएको हो । कुपिडका मार्क डटीका अनुसार यो नयाँ साइटले छिटो र सरल तरिकाले जोडी भेट्टाइदिनेछ ।

नाक ठूलो हुनेलाई घिरौँला नाके भन्ने चलन छ हामीकहाँ । अझ बाहुन जातका मान्छेलाई ठूलो नाक भएकाले होच्याउँदै नाक तिखो भएको भन्ने उपाधि नै दिइन्छ । तर नेपालका बाहुनको नाक यी मान्छेको भन्दा त निकै छोटो सावित भएछ ।
2
टर्कीका एक जना मान्छेको नाक यति ठूलो छ कि हामीकहाँ घिरौँला नाके भन्नेलाई उनले सजिलै फ्लप ख्वाइदिन्छन् । मेहमेत ओजिरेक नामका ती पुरुषको नाक विश्वमा सबैभन्दा लामो नाक हो र उनले लामो नाकका कारण गिनिज बुकमा नाम लेखाउन सफल पनि भएका छन् ।
उनको नाक ८.८ से.मी. अर्थात् ३.४६ इन्च लामो छ । सन् २०१० को मार्च १८ मा पहिलोपटक इटालीमा आयोजित एक कार्यक्रममा उनको नाक नापेपछि त्यसले अन्तराष्ट्रिय मान्यता पाउँदै गिनिज बुकमा नाम लेखाएको हो ।
1


बाबु र छोरीबीच भएको अबैध सम्बन्धबाट एक नवजात शिशुको जन्म भएको छ । इलाम जिल्ला प्याङ गाबिस वडा नम्बर २ का ७० वर्षीय बाबु टंकबहादुर बस्नेत र अन्दाजी २२ बर्षिया उनकै छोरीबीच भएको अबैध यौन सम्पर्कबाट शिशुको जन्म भएको हो ..मंगलबार जन्मिएको उक्त शिशुलाई नजिकै रहेको जंगलमा रातिनै जिउँदै फालिएको थियो 

भुतले खान पस्किने र लाशसँगै बसेर खानुपर्ने होटलका बारेमा हामीले विचित्र संसारमा केही दिन अघि खबर प्रकाशन गरेका थियौँ । आज हामीले तपाइँलाई फेरी अर्को त्यस्तै अनौठो होटलको परिचय गराउँदै छौँ जहाँ छिरेपछि केवल खाना मात्र होइन सुन्दै कन्सिरी तात्ने र रगत उम्लिने चिज पनि मन नलागी नलागी खानर्ैपर्छ । यसरी मन नलागी नलागी खानुपर्ने चिज भनेको गाली नै हो । वास्तविक कुरा के भने त्यो होटलमा खानासँगै आमाचकारी गाली पनि सुन्नुपर्छ ।
hot
उनीहरुको शरीर एउटै छ तर, अनुहार दुई । उनीहरु एब्बी र ब्रिटनी हेन्सल । एब्बी र ब्रिटनी जुम्हाला हुन् । उनीहरु एकसाथ काममा जान्छन् । साथीभाईसँग रमाइलो गर्छन्, भलिबल खेल्छन्, ड्राइभिङ पनि गर्छन । एक शरीरमा दुई अनुहारको जीवन कति सजिलो वा कठिन होला ? डिग्री दुर्इ तर, तलब एककै ३२ वर्षीया एम्बी र ब्रिटनी अमेरिकाको मिनेसोटामा बस्छन । दुबै प्राइमरी स्कुलमा शिक्षिका छिन् । उनीहरुसँग पढाउन दुई लाइसेन्स पनि छ । तर, तलब एकको मात्र पाउँछन् । एब्बी भन्छिन्-हामीसँग दुई डिग्री छ । किनकी हाम्रो दृष्टिकोण अलग-अलग छन् । पढाउने तरिका पनि एक अर्कामा फरक छ ।’ आफूहरुले एक व्यक्ति भन्दा बढी काम गर्ने एब्बी बताउँछिन् अनौठो शरीरिक बनोट एब्बी र ब्रिटनी कक्षमा हुँदा उनीहरु मध्ये एकले विद्यार्थीलाई पढाउँछन् भने अर्कोले प्रश्नहरुको जवाफ दिने वा बच्चाहरुमाथि निगरानी गर्नेछन् ।जीवनको हरेक पल सँगसँगै बिताउने उनीहरुको शरीरिक बनोट अनौठो छ । उनीहरुको फोक्सो, मुटु र पेट दुई छ तर, प्रजजन अंग र कलेजो एउटै छ । एब्बी र ब्रिटनीले बाल्यकालदेखि नै शरीर जोडिएका कारण एकअर्काको गतिविधीमा तालमेल मिलाउन सिके । जस्तो कि एब्बी दायाँ हात नियन्त्रण गर्छिन् भने बि्रटनी बायाँ । उनीहरुको उचाईमा पनि अन्तर छ । एक्बी ५ फुट २ इन्चकी छिन् भने बि्रटनीको लम्बाई ४ फुट १० इन्च छ, जसका कारण बि्रटनी संतुलन कायम राख्न खुट्टाको पंजाले टेक्छिन् ।

 यस्तो सन्तुलन उनीहरुले खानपानलेखि समाजिक जीवन र कपडामा समेत मिलाउनु पर्छ । एब्बी भन्छिन्-’हाम्रो एकदमै अलग छौं । म मस्त र रमाइलो गर्न रुचाउँछु भने ब्रिटनी सन्तुलित र गम्भीर स्वभावकी छिन् ।’ कुन कपडा लगाउने भन्नेमा एब्बीले सँधै जित्ने ब्रिटनीले बताइन् । एब्बी घरमै बस्न रुचाउँछिन् भने ब्रिटनीलाई बाहिर घुम्न मन लाग्छ । बि्रटनीलाई उग्लो ठाउँमा जान डर लाग्छ भने एब्बीलाई त्यस्तो ठाउँमा जान रुचाउँछिन् । गणित र विज्ञान अध्ययन एब्बीको रुचीको विषय हो भने बि्रटनीको रुची कलामा छ 
कामदारहरुले सडक बनाउन जंगल फडानी गर्ने क्रममा उक्त साँप भेटिएको हो। डोजरले मुढा उठाउने भन्दा साप फेला परेको हो।डोजर चलाउनेलाइ साँप देख्नसाथ हार्टअटयाक भएको थियो |

१६ वैशाख, काठमाडौं । टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।
stunt manउनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।
उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपछि उद्दार गरेर अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।
उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए ।
भिडियो

विबाहलाई एक खुसीको क्षणका रूपमा लिइन्छ । बिवाह मानिसको जीवनको एक अभिन्न प्रक्रिया पनि हो । विबाहलाई विषेश रूपले मनाउने गरिन्छ । विभीन्न पार्टी तथा भोजको आयोजना गरेर विबाहलाई रमाइलो र सबैसँग भेटघाटको वातावरण बनाउने अवस्थाको रूपमा पनि लिइन्छ । 
नयाँ जीवनको सुरूवात भएको अवस्थाको रूपमा पनि विबाहलाई लिने गरिन्छ । तर, केही समयअघि लिभरपुलमा भएको विबाह समारोहले खुसी भन्दा पनि मृत्युको पिडालाई देखाएको छ । 
२७ वर्षीय जेनिफर जोन्स र ३१ वर्षीय रोब ब्ल्याकमोरबीच भएको विबाहले खुसी भन्दा दु:ख देखाएको छ । उनीहरूको विबाहलाई निकै फरक तरिकाले मनाइएको छ । खुसियालीका रूपमा मनाउनुपर्ने विबाह उत्सवलाई पिडाको रूपमा मनाउँदा उनका आफन्त तथा साथीहरुले पनि साथ दिएका थिए । 
प्राय विबाह गर्दा फर्मल लुगामा सुकिला भएर देखिने गरेपनि यो बिवाह उत्सवमा भने उपस्थित आफन्त र साथिहरू निकै डरलाग्दो रूपमा देखिएका छन् । हामीले चलचित्रमा देख्ने गरेको भुत तथा डरलाग्दा दृश्यमा देखिने मानिसहरू जस्तै देखिएका छन् । उनीहरुको पहिरन र रूपले विबाह उत्सव भन्दा पनि मृत्युको उत्सव हो कि जस्तो भान पारेको छ । 
हेरौ उक्त तस्विरहरू...
horror-fans-celebrates-horro-weddinghorror-fans-celebrates-horro-weddinghorror-fans-celebrates-horro-weddinghorror-fans-celebrates-horro-wedding

कुकुरलाई डोर्याउँदै घुमिरहेका एक व्यक्तिले चर्चको नजिकै रहेको चिहानमा मानिसको कानको हाड भेटेका छन् । कुकुरलाई डोर्याउने क्रममा कुकुरले उनलाई त्यहाँ पुर्याएको थियो । कुकुरले सुघ्दै त्यहाँ पुर्याएर कानको उक्त हाड चलाउन थालेपछि कुकुरलाई डोर्याउने ती व्यक्तिले उक्त हाड आफ्नो खल्तिमा राखेर लगेका थिए । 
एलेसबेरीमा रहेको भर्जन चर्चको चिहान नजिक भेटिएको उक्त कानको हाड २१ वर्षीय ज्याक्सन स्मिथले उक्त हाड जनकैको प्रहरी कार्यालयमा बुझाएका थिए । त्यसपछी उक्त हाडलाई प्रहरीले प्याथोलोजिस्टलाई दिएका थिए । प्याथोलोजिस्टले गरेको अनुसन्धानमा उक्त कानको हाड धेरै पुरानो नभएको बताएका छन् । 
तर चर्चका पादरीहरूले भने यसलाई अचम्मको घटना भएको सज्ञा दिएका छन् ।
Human-ear-found-in-graveyard Human-ear-found-in-graveyard

युट्युबमा बेला-बेलामा यस्ता भीडियोहरू अपलोड हुने गर्छन् जसले सबैलाई चकित पारिदिन्छ । कुनै भीडियोले नयाँ रेकर्ड बनाएर चकित बनाउँछन् त कुनै भिडियोले अन्य विभिन्न कारण चकित बनाउने गर्छन् । यस्तै क्रममा करिब ६ दिन अगाडि युट्युबमा अपलोड गरिएको एक भीडियोले अहिले निकै चर्चा कमाइरहेको छ । 
६ दिनमा ३ करोड भन्दा बढी मानिसले हेरेको भिडियो एक विज्ञापनको हो । इभियन नामक मिनिरल वाटर कम्पनीले निर्माण गरेको उक्त भिडियो अहिले सबैतिर चर्चाको विषय बनेको छ । यो भिडियोमा एक वयस्क व्यक्तिलाई ऐनामा बालकको रूपमा देखाइएको छ । 
यस भिडियोमा पहिले एक व्यक्ति ऐनामा आफूलाई बालकको रूपमा देखेर चकित पर्छन् र बालक देखेपछी अचम्म मान्दै विभिन्न मुभ गर्छन्, उता बालकले पनि त्यस्तै मुभ गरेपछी भने उनी त्यही रमाएर नाच्न थाल्छन् । यस्तैमा अन्य मानिसहरू पनि त्यहाँ आइपुग्छन् र पहिलेकै व्यक्तिले गरेका कार्यहरू चकित हुँदै दोहोर्याउँछन् । एकैछिनमा त्यहाँ धेरै मानिस आइपुग्छन् । उनीहरू आश्चर्य र रमाइलो मान्दै नाच्ने र विभिन्न मुभ गरेर चेक गर्छन् । 
उक्त भिडियोले अहिले निकै चर्चा बटुलेको छ । 
हेरौ उक्त भिडियो र केही तस्विर पनि...
Evians new ad campaign Evians new ad campaign 

११ बैशाख, एजेन्सी । अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा जीवनको खोजीका लागी पठाएको क्युरिओसिटी रोभर रोबोटले केही तस्विरहरू पठाएको छ । क्युरियोसिटीले पठाएको यो तस्विरले नासाका वैज्ञानिकहरूलाई समेत चकित बनायो ।
यो तस्विर क्युरियोसिटीले आफैले खिचेको हो भने उक्त तस्विरमा रहेको आकृती पनि क्युरिओसिटीले नै बनाएको हो । समय-समयमा मंगल ग्रहका तस्विरहरू पठाउँदै आएको यो रोबोटले यो तस्विर पठाएपछी नासाका वैज्ञानिक समेत एकछिन आशचर्यमा परेका थिए । नासाका वैज्ञानिकले यस तस्विरलाई केहीबेर घोत्लिएर हेरेको समेत बताइएको छ ।
मंगल ग्रहमा मानव जीवनको खोजी तथा अनुसन्धानका लागी यो रोबोटलाई गत अगस्तमा मंगल ग्रहमा उतारिएको थियो । मंगल ग्रहमा उतारिएपछी यो रोबोटले समय-समयमा विभिन्न खाले तस्विरहरू खिच्ने र पठाउने गर्दै आएको छ । यसैबिच आएको यो तस्विरले भने अहिले नासा मात्र होइन विश्वलाई पनि चकित बनाउने अपेक्षा गरिएको छ।
हेरौ उक्त तस्विर...

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS