विद्रोहीको सपना’ सार्वजनिक
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
दश वर्षे माओवादी जनयुद्धमा आधारित उपन्यास ‘विद्रोहीको सपना’ बजारमा आएको छ । युवा उपन्यासकार ओम प्रकाश निरौलाले लेखेको उपन्यास ‘विद्रोहीको सपना’ सशस्त्र द्धन्द्धको समयमा समाज परिवर्तको लागि भन्दै लडेको एक विद्रोही युवाले देखेको सपनाको कथावस्तुमा आधारित छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच एकिकृत माओवादी अध्यक्ष प्रचण्डले उपन्यासको विमोचन गर्नुभयो । उपन्यास विमोचन गर्दै अध्यक्ष प्रचण्डले जनताको परिवर्तनको चाहना एकचोटि अवश्य पूरा हुने विश्वास व्यक्त गरे । उपन्यासकार निरौलाको दोश्रो उपन्यासको रुपमा रहेको यस उपन्यासमा समाज परिवर्तनको लागि लडेको विद्रोही युवा जातिय संघर्षको संकुचित घेरामा परेको विषय समेटिएको छ । यस अघि निरौलाले काँइला काका उपन्यास पाठकमाझ ल्याएका थिए ।
‘विद्रोहीको सपना’ परिर्तित राजनैतिक विचार बुझ्न र समाज परिवर्तनको लागि चिन्तित आम पाठकहरुका लागि पठनीय रहेको दाबी उपन्यासकारको छ । उपन्यासमा माओवादी विद्रोह र त्यसले देखेको सपना तथा त्यस उप्रान्त आएका राजनीतिक जटिलताको चित्रण गर्न खोजिएकेा छ ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
|
Category: Latest News
0 comments