Widgets

रियल मड्रिडविरुद्ध लेभान्डोस्कीको ४ गोल

Unknown | 19:57 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

१२ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बोरुसिया डटमुण्डसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा बोरुसिया डटमुण्डले स्पेनिस जाइन्ट रियल मड्रिडलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।
Lewandowski
बुरेसियाको जितमा रोवट लेभान्डोस्की नायक बने । ९ पटकको विजेता रियल मड्रिडविरुद्ध ४ गोल गरेका उनी च्याम्पियन्स लिगको समिफाइनलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
लेभान्डोस्कीले खेलको ८ को आठौं मिनेटमा गोल गर्दै बोरुसिया डटमुण्डलाई सुरुवाति अग्रता दिलाए । तर, ४३ औं मिनेटमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए । दोस्रो हापमा फेरि बोरुसिया डटमुण्ड हावी भयो । ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बोरुसिया डटमुण्डलाई २–१ को अग्रता दिलाएका लेभान्डोस्कीले ५५ औं मिनेटमा ह्याट्रिक पूरा गरे भने ६६ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै ४–१ को जित दिलाएका हुन् । दोस्रो लेग आगामी अप्रिल ३० मा रियल मड्रिडको मैदान सेन्टियागोमा हुनेछ ।
यो नजिताले च्याम्पियन्स लिगको फाइनलमा दुई जर्मन क्लब भिड्ने सम्भावना बढेको छ । बार्यन म्युनिखले बार्सिलोनालाई ४–० ले पराजित गरेको छ । यस्तो अबस्थामा दुबै स्पेनिस क्लबलाई पुनरागमन असम्भव जस्तै देखिन्छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS