Widgets

जाँडरक्सी खानेले हल्ला गरे सरकार !

Unknown | 15:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१२ बैशाख, काठमाडौं । जनताको गुनासा सुनुवाई गर्न सञ्चालन भएको हेलो सरकारमा थरीथरीका उजुरी पर्ने गरेका छन् । गएको चैत महिनामा मात्रै जाँडखाएर हल्ला गरेकोदेखि लोडसेडिङले समस्या पारेको सम्मका उजुरी परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार चैत महिनामा युनिटीको रकम फिर्ता भएन, पेट्रोलियम पदार्थको अभाव भयो, लोडसेडिङ्गको मारमा परियो, शिक्षावाट लगानी अनुसार प्रतिफल आएन, चोरी बढ्यो, मँहगी बढ्यो, रोजगारी पाईन, दलित पछाडि परे, अपाङ्गको परिचय पत्र पाईन, वैदेशिक रोजगारीमा ठगिए, सडक दुर्घटना बढ्यो भन्ने उजुरी परेका छन् ।hello sarkar
यस्तै विपन्न भएकाले स्वास्थ्य उपचार पाईन, फुटपाथले घुस खुवाएका छन्, लामो कपाल पालेको भनेर कलाकारले पनि दुःख पायौं, सरकारी स्कूलमा चौतर्फी समस्या छन, महिला हिंसामा परे, स्वास्थ्य चौकीमा औषधि छैन, धारामा पानी आएन, सडक मर्मत भएन, बोक्सीको आरोप लगाउनेलाई हदैसम्मको कारवाही होस्, पसलै पिच्छे मूल्य फरक हुनु भएन, भ्रष्टाचार र अनियमितता रोकिनु पर्‍यो, बालुवा वोकेको टि्रपरले पानी चुहाउँदै हिडको छ, जाँड रक्सी खानेले हल्ला गरेर दुःख दिए, एयरपोर्ट जान आउन सटल बस संचालन हुनुपर्‍यो भनेर जनताले सरकारको ध्यानाकर्षण गराएका छन् ।
गाउँमा कूलो बन्नुपर्‍यो, परीक्षाफल समयमा प्रकाशित भएन, गिट्टीको ट्रकबाट असुली गर्ने काम भैरहेको छ, स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा बेथिती र भ्रष्टाचार बढ्यो, सरुवाको कारण अन्यायमा परे, सार्वजनिक सवारी साधनमा विद्यार्थी छुट पाईएन, गाँउ विकास सचिव हराए, फोहोर नउठेर वस्ती दुर्घन्धित भयो, विद्युतका पोल नसरेकाले असुविधा भयो, अन्तरजातिय विवाह गरेको कारण अपहेलित हुनुपर्‍यो, लोडसेडिङ्गले एसएलसीको परीक्षामा राम्रो तयारी गर्न पाईएन, वृद्ध भत्ता पाईन, राजमार्गमा होटलले ठगे, छाउपडि र खोले प्रथावाट महिलाहरु प्रताडित भए भन्ने गुनासोको पनि बाहुल्यता रहेको बाँस्कोटाले जानकारी दिनुभयो ।
उजुरी २२ हजार नाघ्यो
अघिल्लो सरकारले शुरु गरेको हेलो सरकारमा अहिलेसम्म २२ हजारभन्दा बढी उजुरी परेको छ । हेलो सरकारमा गरिएका उजुरीको प्रभावकारी सुनुवाई नभएको जनगुनासो बढेपनि सरकारले पनि सुनुवाई भरहेको दावी गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बँास्कोटाका अनुसार गएको चैतमा ८०६ वटा गुनासो प्राप्त भएकोमा ६५४ वटा गुनासोको सुनुवाई भएको छ । सुनुवाई भएका गुनासोहरुमा ललितपुर नापी कार्यालयमा कर्मचारीवाट सेवा प्रवाह गराएको, वैदेशिक रोजगारीमा जानुपर्नेलाई गन्तव्यमा पठाईएको, सार्वजनिक यातायातमा विद्यार्थी छुट प्रदान गर्न लगाएको, परीक्षालाई मर्यादीत तुल्याएको, तोकिए भन्दा वढी अवधि लोडसेडिङ्ग हुन नदिएको, राजमार्गमा व्यापारी उपर हुने आर्थिक शोषण रोक्न लगाएको, सेवाग्राहीको अपेक्षा अनुसार टेलिफोन जडान गर्न लगाएको लगायत रहेका उहाँले जानकारी दिनुभयो ।
चैतमा बजार अनुगमनलाई प्रभावकारी तुल्याएको, जडिवुटी प्रशोधन प्लान्ट खडा गर्न पहल गरिएको, लोडसेडिङ्ग कम गर्न प्रयास गरिएको, विद्युत सेवालाई प्रभावकारी तुल्याउन मर्मतको काममा उचित ध्यान दिएको, धान, गहुँ र मकैको न्यूनतम् समर्थन मूल्य तोक्ने प्रक्रिया अगाडि वढाएको, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थाका लागि सबै जिल्लामा पहल भएको र घर वहालमा बस्नेको हित संरक्षणका लागि कार्यविधि तयार गर्ने काम भैरहेको भनी बिभिन्न निकायबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रगति विवरण प्राप्त भएको सचिव बाँस्कोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार चैतमा प्राप्त उजुरीमध्ये हेलो सरकार कक्षाट ५७ वटा उपर कारवाही भएको छ । यसबाहेक उच्च प्राथमिकता प्राप्त १३, प्राथमिकता प्राप्त ६७ र साधारण ६६९ वटा गरी वर्गीकरण गरिएको छ ।
यसरी तीनवटा प्राथमिकतामा वर्गिकृत गुनासोहरु मध्ये १३ वटालाई तुरुन्त आवश्यक कारवाही गरी निवेदकलाई जानकारी समेत दिन लेखी पठाईएको, ५७ वटा गुनासोको कारवाही गरी निवेदकलाई पनि जानकारी दिन भनिएको, २३२ वटा उजूरीमा कानून बमोजिम गर्न लेखी पठाईएको, ९ वटा उजूरीका हकमा भविष्यमा नीति निर्माण गर्दा वा बजेटमा समावेश गर्न भनिएको र अन्य ४२२ वटा उजूरीहरु सम्बन्धित मन्त्रालय र निकायहरुको कार्यक्षेत्र भित्र पर्ने भएकाले कारवाहीका लागि प्रेषित भनी पठाईएको सचिव बास्कोटाको भनाई छ ।डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ कात्तिक १७ गतेदेखि सर्वसाधारणको गुनासो सुन्न भन्दै हेलो सरकार शुरु गरेको हो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS