प्रचण्डले भने- ‘सहयोग नगरे भारतको सुरक्षा चिन्ता सम्बोधन गदैनौं’
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१२ वैशाख, सल्यान । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासमा सहयोग नगरे भारतको सुरक्षा चिन्तालाई सम्बोधन नगर्ने धक्की दिनु भएको छ । सल्यानको वाफुखोलामा बिहीबार आयोजित सभामा प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको आर्थिक विकासका लागी कुरा उठाउने बताउनु भयो ।
नागरिकहरुले आफुमाथि देशलाई बदल्ने आशा राखेको भन्दै उहाँले भन्नुभयो-’मलाई त्यसका लागि ८/१० वर्षको समय चाहिन्छ ।’ प्रचण्डले अवको संविधानसभा निर्वाचनमा मधेसी र जनजातिसँग मिलेर चुनाव लड्ने र वहुमत ल्याउने दावी गर्नुभयो । संविधानसभामा माओवादीको वहुमत आउने देखेर अन्य दलले विभिन्न बखेडा झिकेको उहाँको आरोप छ ।
यसअघि विहान प्रचण्डले ३ घण्टा सल्यान रुकुम र रोल्पाका माओवादीका जिल्ला स्तरिय कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणको क्रममा प्रचण्डले शान्तिप्रकृयापछि पार्टी विग्रिएको तथा पार्टी कार्यकर्ताहरु व्यक्तिवादी र जालिझेली भएको भन्दै सातौँ राष्ट्रिय महाधिवेशनपछि आफू पार्टीको सुधारमा लागिपरेकेा बताउनु भयो । उहाँले भन्नुभयो-’पार्टी शान्ति प्रक्रियापछि विगि्रएको र कार्यकर्ताहरु विगि्रएको पनि सत्य हो, अव सवै त्यसको सुधारका लागि लाग्नुपर्छ ।
माओवादी अध्यक्ष प्रचण्डले आफूले एमाले पार्टी छैन नभनेको भन्दै भन्नुभयो-’मैले त एमालेले कांग्रेससँग मिलेर चुनाव लडेमा सिद्धान्तत रहने छैन भनेको हो । मेरो भनाईको आसय एमाले नै छैन भन्ने हैन ।’
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments