Widgets

दक्षिण एसियामा नेपाली महिला सबैभन्दा अगाडि

Unknown | 15:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१२ बैशाख, काठमाडौं । पछिल्लो अध्ययनले दक्षिण एसियाली मुलुकहरुमध्ये नेपालमा हरेक क्षेत्रमा महिला सहभागिताको स्तर सबैभन्दा राम्रो रहेको देखाएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तिय संस्था मास्टर कार्ड नामक संस्थाले गरेको अध्ययन अनुसार नेपालमा महिला सहभागिता सूचकांक दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढि छ ।
nepali-women
यस सूचकांकमा नेपाल पहिलो हुँदै कुल ५५ अंक पाएको छ । नेपालपछि महिला सहभागिताको दृष्टिले बंगलादेश दोश्रो स्थानमा छ । उसको ४५.५ अंक छ । तेश्रो स्थानको श्रीलंकाको ४३.८, चौथो भारतको ३८ र पाँचौँ पाकिस्तानको २३ अंक रहेको छ ।
यस्तै महिला नेतृत्वको हिसाबमा श्रीलंका सबैभन्दा तल रहेको छ । सूचकांकमा उसको अंक १२.६ रहेको छ । जबकी नेतृत्वका हिसाबमा दक्षिण एसियामा नेपाली महिला सबैभन्दा अगाडि छन् । यस सूचकांकमा नेपाली महिलाले ४९.६ अंक पाएका छन् । अघिल्लो संविधानसभाको महिला प्रतिनिधित्वको हिसाबले नेपालमा संसदमा महिलाको प्रतिनिधित्व एसिया प्रशान्त क्षेत्रमै सबैभन्दा बढि रहेको टाइम्स अफ इण्डियाले खबर छापेकेा छ ।
दक्षिण एसियामा रोजगारीको हिसाबले बंगलादेशी महिला सबैभन्दा अघि छन् । त्यहाँ हरेक १ सय जना पुरुष रोजगार रहेको ठाउँमा ७५ जना महिला रोजगार छन् । श्रीलंका दोश्रो र नेपाल तेश्रो स्थानमा छ । नेपालमा पुरुषको तुलनामा महिलाहरु ६० प्रतिशत मात्र रोजगार रहेको तथ्यांकले देखाएको छ ।
हेर्नुस  सूचकांक
master-card



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS