Widgets

प्रचण्डको दिल्ली भ्रमणः सम्वन्ध सुधारको अवसर

Unknown | 16:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाडौं । रुक्माङगद कटवाल प्रकरणमा भारतसँगको सम्बन्ध बिगि्रएपछि निरन्तर दिल्लीको निम्तो कुरेर बसेका एमाओवादी अध्यक्ष प्रचण्डले ५ बर्षको प्रयासपछि त्यो अबसर पाएका छन । प्रधानमन्त्रीका रुपमा २०६५ भदौ अन्तिममा नयाँदिल्ली गएपछि प्रचण्डले भारत भ्रमण गरेका छैनन् । भ्रमणका लागि प्रचण्डले अनेक प्रयास गरेपनि दिल्लीले निम्तो दिएको थिएन् ।prachanda-main
शनिबारबाट सुरु हुने प्रचण्डको भ्रमणलाई सम्वन्ध सुधारको अवसरका रुपमा हेरिएको छ । ‘यो सम्भावना भ्रमण हो । भ्रमणमा हाम्रो पार्टी र भारतको सम्वन्ध सुधारको प्रयास हुन्छ’ प्रचण्ड निकटका नेता हरिवोल गजुरेलले अनलाइनखबरसँग भने । भ्रमणका क्रममा प्रचण्डले प्रधानमन्त्री मनमोहन सिंहसहितका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्ड दिल्ली उड्ने तयारी हुँदासम्म भारतीय कांग्रेसका अध्यक्ष शोनिया गान्धीसँग भेट हुने/नहुने अझै निश्चित भएको छैन । प्रचण्ड सोनियालाई पनि भेटने प्रयासमा छन । भ्रमणका लागि प्रचण्ड र विदेश विभाग प्रमुख कृष्णबहादुर महरासहितको टोली शनिबार दिल्ली जाने एमाओवादी स्रोतले जनाएको छ ।
माओवादी-भारत सम्वन्ध
पछिल्लो पटक भारत-माओवादी सम्वन्ध सेनापति प्रकरणबाट बिगि्रएको थियो । उसो त प्रधानमन्त्री भएलगतै चीन गएका प्रचण्डलाई दिल्लीले शंकाको घेरामा राखेपछि माओवादी अध्यक्षले बेइजिङबाट फर्किएर विमानस्थलमा आफ्नो राजनीतिक भ्रमण भारतबाट सुरु हुने बताएर प्रष्टीकरण दिनुपरेकेा थियो ।तत्कालिन प्रधानसेनापति रुक्माङगत कटवाललाई प्रचण्ड सरकारले हटाएपनि राष्ट्रपतिले रोकेपछि द्वैधसत्ता कायय भएको भन्दै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए । सेनापति प्रकणमा भारतले ठाडो हस्तक्षेप गरेको भन्दै माओवादीले नागरिक सर्वोच्चता र राष्ट्रियताको मुद्दा उठाउँदै भारतको विरोध सुरु गरेको थियो । यतिसम्म कि प्रचण्डसहितका माओवादी शीर्ष नेता भारतीय सीमामा पुगेर नाराबाजी गरे, प्रचण्डले बानेश्वरको सभाबाट भारतसँग सिधै वार्ताको चुनौती पेश गरे ।
यसले भारतीय संस्थापन पक्ष यति चिढियो कि प्रचण्ड अनेक प्रयास गर्दा पनि सम्वन्ध सुधार हुन सकेन । त्यसबीचमा अनेक घटनाक्रम भए, नेपालमा माधवकुमार नेपाल र झलनाथ खनालको सरकार बन्यो । पछिल्लो पटक मधेसी मोर्चाको समर्थनमा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको गठवन्धन सरकार बनेपछि भने चिसिएको सम्वन्ध सुधारका प्रयासले सार्थकता पाउन थाल्यो ।
‘बाबुरामजीको नेतृत्वमा सरकार बनेपछि सम्वन्ध सुधारको प्रयास सुरु भएको हो’ प्रचण्ड निकट अर्का नेताले नेताले अनलाइनखबरसँग भने-’यो भ्रमणले त्यसलाई नयाँ उचाई दिनेछ ।’ भट्टराईमार्फत् भारतको बिश्वास जित्न प्रचण्डले निरन्तर प्रयास गरिरहेको र भट्टराई सरकारका पालामा भारतलाई सघाउने खालका केही निर्णय पनि प्रचण्डकै जोडबलमा भएको बताइन्छ ।
एक अर्कालाई चाहिएको साथ
भारत पछिल्लो समय नेपालमा भरपर्दो शक्तिको खोजीमा छ । सबैभन्दा विश्वासपात्र मानिने सद्भावना पार्टी फुटको चपेटामा परेर केही सिटमा मात्र सिमित हुने अवस्थामा पुगेको छ । कांग्रेसबाट छुटि्टएर तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बन्न पुगेका महन्थ ठाकुरको हैसियत भारतले चाहेको जस्तो हुन सकेन, त्यसमाथि उनले लिडरको पर्सनालिटी बनाउन नकसेकोमा भारत खिन्न छ ।
कांग्रेसले आन्तरिक विवादमा रुपमलिएको छ भने सभापति सुशील कोइरालाले भारतीय संस्थापन पक्षको विश्वास जित्ने प्रयास नै गरेनन् । साउथ ब्लकसँग राम्रो सम्बन्ध भएका भनिएका अमरेशकुमार सिंहलाई पनि सुशीलले चिन्न नसकेको भन्दै भारतीय पक्ष सुशीलसँग असन्तुष्ट छ । यस्तो अवस्थामा भारतले प्रचण्डलाई नै विश्वास लिन खोजेको देखिन्छ ।’राजेन्द्रको अवस्था आपूर्तिमन्त्री मात्र लिने भयो । महन्थ ठाकूरमा पनि नेतृत्वकारी भूमिका रहेन’ भारतीय कूटनीतिलाई नजिकबाट नियालेका एक विश्लेषकले भने-’यस्तो अवस्थामा भारतलाई नेपालको राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्ने शक्ति चाहिएको छ ।’
तर, आफ्नो अनुकुल कार्ड खेल्न रुचाउने प्रचण्डलाई भारतले सजिलै विश्वास भने गर्ने छैन । भारतीयहरु अहिले पनि प्रचण्डलाई ‘मोष्ट अनरिलायवल क्यारेक्टर इन नेपाली पोलिटिक्स’ अर्थात बिश्वासै गर्न नसकिने पात्रका रुपमा चित्रित गर्छन । बाबुराम सरकारका पालामा प्रचण्डले बिश्वास गर्न लायक केही काम गरेका कारण भारतले अहिले प्रचण्डलाई परिक्षको अबसर दिने सोंच बनाएको ती बिश्लेषकको बुझाई छ ।भारतको साथ र सहयोग बिना नेपालमा सत्तामा जान र टिक्स सकिदैन भन्ने बुझेका प्रचण्डले भारतको बिश्वास जित्न सक्दो प्रयास गरिरहेका छन । उनले सार्वजनिकरुपमै आफुलाई ५-१० बर्ष ढुक्कले शासन चलाउन दिनुपर्ने माग गर्दै आएका छन । भारतको सुरक्षा चासो र चिन्तालाई राम्रोसँग बुझेका उनले ती चासो सम्बोधन गरिदिएर केही सयम सत्ता चलाउने योजना बनाएको प्रष्ट बुझिन्छ ।
‘हामीले सातौ महाधिवेशननबाट लिएको नीति भनेको लोकतान्त्रिक पार्टी भन्दा केही फरक छैन’ एक माओवादी नेताले भने-’तर, माओवादी भन्ने नामका कारण अन्तराष्ट्रिय समूदायले सजिलै विश्वास गर्दैनन् । यो अवस्था अहिले पनि विद्यमान नै छ ।’ राष्ट्रिय राजनीतिमा दलहरुलाई मिलाएर लैजान सके प्रचण्डले भारतको मात्र हैन, चीनको पनि विश्वास जित्न सक्ने विश्लेषकहरु बताउँछन् । जून, वैशाख पहिलो साता भएको चीन भ्रमणले समेत बेइजिङले प्रष्ट संकेत गरेको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS