Widgets

बर्हिगमित लडाकूलाई जनही २ लाख दिने निर्णय सर्वोच्चद्वारा बदर

Unknown | 16:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले निर्देशिका बनाएर बर्हिगमित लडाकूहरुलाई २/२ लाख दिने बाबुराम सरकारको निर्णय बदर गरेको छ ।
न्यायाधीश रामकुमार प्रसाद शाह र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले रकम वितरणका लागि सरकारले जारी गरेको निर्देशिका उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो । संविधानको धारा ९१, ९२ लगयतका कानुनी सिद्धान्तप्रतिकूल देखिएकाले निर्देशिका स्वीकृत गर्ने निर्णय र तत्बमोजिमको कामकारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने उल्लेख छ । साथै ऐनबमोजिम बाहेक राज्यकोषबाट कुनै आर्थिक सहायता प्रदान नगर्न सरकारका नाममा अन्तरिम आदेश पनि जारी गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मिसन अन्मिनले अयोग्य ठहर्‍याएका करिव ३ हजार पूर्व लडाकुलाई जनही रु दुई लाखका दरले आर्थिक सहायता दिने शान्ति मन्त्रालयले निर्देशिका बनाएको थियो । तर, नेपाल डेमोक्रेटिक लर्यस एसोसिएसनका २०६९ कात्तिक १६ गते सर्वोच्चमा रिट दायर गरेको थियो भने न्यायाधीश गिरिचन्द्र लालको एकल इजलासले कात्तिक १९ गते रकम नदिन आन्तरिम आदेश दिएको थियो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS