Widgets

रेग्मीले प्रमुख निर्वाचन आयुक्तलाई सोधे- चुनावको तयारी कहाँ पुग्यो ?

Unknown | 16:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ बैशाख, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई चाँडोभन्दा चाँडो निर्वाचनको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार बिहान आयोगका पदाधिकारीहरुसँगको छलफलमा रेग्मीले अहिलेको सरकार निर्वाचन प्रयोजनका लागि गठन भएको भन्दै तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले निर्वाचनको तयारी कहाँ पुग्यो ?, आयोगले जारी राखेको प्रक्रिया कहाँ पुग्यो ? भन्ने विषयमा जिज्ञासा राख्नुभएको उहाँका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो ।
सरकार निर्वाचनको मिति तोक्ने तयारीमा रहेको भन्दै अध्यक्ष रेग्मीले त्यसअघि आयोगको तयारीबारे जानकार रहन खोजेको बताउनु थियो । उहाँले सरकार निर्वाचन प्रक्रियाका लागि तत्पर भएर लागेको स्पष्ट पार्दै उहाँले सरकारको ‘स्पिरिट’अनुसार काम गर्नसमेत आयोगलाई निर्देशन दिनुभएको थियो । उहाँले सरकारले निर्वाचनका लागि अत्यावश्यक मानिएका ऐन तथा नियम केही दिनमै पारित गर्ने जानकारीसमेत गराउनु भएको थियो ।
प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले आयोगले एकाध बाहेकका स्थानमा मतदाता नामावली सङ्कलन तथा नागरिकता वितरणको कामलाई अगाडि बढाइरहेको र जनताले दुवै कामलाई अत्यन्तै सहजताका साथ सहभागी भएर सहयोग गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले सरकारले ऐन तथा नियम पारित गरिदिए अरु काम पनि अगाडि बढाउन सहज हुने धारणा राख्नुभएको थियो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS