राँची जान प्रचण्डलाई माधव नेपालको सुझाव
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
११ बैशाख, सर्लाही । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष प्रचण्डको मानसिक सन्तुलन विग्रिएको टिप्पणी गर्नु भएको छ ।
‘एमाले नामको पार्टी नै छैन’ भन्ने प्रचण्डको अभिव्यक्तिको जवाफमा एमाले नेता नेपालले मानसिक सन्तुलन विग्रिएको भन्दै भारतको राँची जान सुझाव दिनुभयो । उहाँले भन्नुभयो-’नेपालको लोकतान्त्रिक प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको एमाले कहाँ छ भन्ने जस्ता मानसिक रोगी नेताहरु पनि हाम्रो देशमा छ । त्यस्ता नेताहरुलाई तरुन्तै राँची लैजानु पर्छ ।
बर्दियामा केही दिनअघि भएको कार्यक्रममा प्रचण्डले ‘एमाले नामको पार्टी नै छैन’ भन्दै एकीकृत नेकपा माओवादी र कांग्रेस मध्ये एक रेज्न आग्रह गर्नु भएको थियो । केही दिन विदेश भ्रमण गर्दैमा अन्य नेता र पार्टीमाथि नाजायज टिप्पणी गर्न उहाँको भनाई थियो । एमाओवादीले सत्तालाई नै सर्वोवरी ठानेकाले मुलुक संकटको खाडलमा फसेको नेता नेपालको आरोप लगाउनुभयो ।
सर्लाहीको घुर्कौलीमा बुधवार आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी समेत गर्नु भयो । नेपालले देशभर एमालेको पक्षमा जन लहर रहेको भन्दै उहाँले अबको निर्वाचनमा एमाले ठूलो पार्टी हुने दावी गर्नु भएको हो । अघिल्लो संविधानसभाको निर्वाचनमा माओवादीको डर र धम्कीका कारण जनताले आफूले रोजेको पार्टीलाई भोट दिन नसकेकाले एमालेले तेस्रो पार्टीमा सीमित हुनु परेको उहाँको भनाई छ ।
नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकारले निर्वाचनलाई प्रभाव पार्ने उदेश्यले गरेका नियुक्ति खारेज गर्न सरकारसंग माग गर्नु भयो । उहाँले संविधानसभाको चुनावको मिति हतारमा घोषणा गर्न नहुने वताउनुभयो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
|
Category: Latest News
0 comments