रेग्मीले भने- चुनाव हुन्छ, शंका गर्न आवश्यक छैन
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
११ बैशाख, काठमाडौं । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनाव हुने भन्दै शंका नगर्न आग्रह गर्नु भएको छ ।
मतदाता नामावली संकलन प्रक्रिया सुरु भइसकेको भन्दै उहाँले निर्वाचनका लागि नभइ हुन्न भन्ने केही नभएको बताउनु भयो । उहाँले भन्नुभयो-’फलानो कुरा नभई हुँदैन भन्ने केही पनि छैन, समय विस्तारै अघि बढिराखेको छ, चुनावबारे कुनै शङ्का र द्विविधा नहोस् ।’
कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी, मन्त्रीहरू, प्रधानसेनापति, का अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा, नेता शरतसिहं भण्डारीलगायतका नेताहरू लगायतको सहभागी हुनुहुन्थ्यो ।
तर, एमाओवादी तथा नेपाली काँग्रेस लगायतका अन्य प्रमुख दलका नेताहरूको भने सो कार्यक्रममा उपस्थिति देखिएन ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments