Widgets

अमानवीयताको पराकाष्ठा-बोक्सी आरोपमा बर्बर यातना(भिडियो)

Unknown | 07:56 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

मोहन बुढाऐर, धनगढी, चैत्र २४ - कैलालीको बेलादेवीपुर गाविस ७ घुरसुवाकी ६० वर्षकी वृद्धा राजकुमारी राना शुक्रबार झिसमिसे नहुँदासम्म मीठो निद्रामा थिइन् । बिहान ४ बजे अचानक केही व्यक्ति आए र ढोकामा लात बजार्दै भन्न थाले- 'ए बोक्सेनी ढोका खोल् ।’ ढोका खोल्नेबित्तिकै उनीहरूले खाटमा सुतिरहेकी रानालाई लछार्दै बाहिर आँगनमा लगे । त्यसपछि सुरु भयो अमानवीयताको पराकाष्ठा । उनीहरूले चर्पीबाट दिसापिसाब ल्याएर उनलाई खुवाए र कुटपिट गरे । त्यतिले नपुगेर पूरै कपाल खौरिदिए र निर्वस्त्र पारे । बुढ्यौलीले आफैं थला पर्न लागिसकेकी वृद्धामाथि छिमेकीले यति बर्बर यातना दिइसकेपछि उज्यालो भयो र वरपरका अरू छिमेकीसमेत आए । तर ती सबै रमिते मात्रै भए । उनीसँगै अर्का वृद्ध करिब ६० वषर्ीय बन्दी रानालाई समेत बोक्साकै आरोपमा कुटपिट गरियो ।

६० वर्षीया वृद्धा राजकुमारी रानालाई छिमेकी ३० वर्षे लालसिंह राना, उनकी श्रीमती २७ वर्षे नीरा राना र भाइ रामसिंह रानाले बोक्सीको आरोपमा दिसापिसाब खुवाउँदै यसरी निर्घात कुटपिट गरेका हुन् । राजकुमारीको मुख, टाउको र शरीरभरि चोट लागेको छ । कुटपिटबाट घाइते वृद्धवृद्धा दुवैलाई सेती अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 'आमालाई घरभित्र खाटमै सुतिराखेको अवस्थामा लर्छादै आँगनमा लगी कपाल खौरेर दिसापिसाब खुवाई निर्घात कुटपिट गरे,' पीडित वृद्धाका छोरा दलबहादुर रानाले भने, 'आमाको बचाउ गर्न खोज्दा मलाई लालसिंह र रामसिंहले समातेर मारिदिने धम्की दिए ।' कुटपिट र यातना दिइसकेपछि छिमेकी आए पनि उनीहरू सबै रमितेमात्र भएको दलबहादुरले बताए । 'झन् गुरुवा (झाँक्री) बोलाएर बोक्सी हो/होइन पत्ता लगाई कालो मोसो दलेर गाउँ घुमाउने कुरा पो गर्न थाले,' उनले भने ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS