Widgets

माओवादीलाई बहुमत दिलाउने गरी खट्नुस् : प्रचण्ड

Unknown | 02:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा परिवर्तनकामी तथा जनपक्षीय शक्तिलाई विजयी बनाउन सम्पूर्ण शिक्षक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
prachanda
 अखिल नेपाल शिक्षक सङ्गठनको पाँचौँ विस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै उहाँले आगामी संविधानसभाको निर्वाचन परिवर्तनकामी शक्तिले जित्नै पर्ने भएकाले त्यसका लागि शिक्षकहरुको सहयोगी भूमिका जरुरी भएको बताउनुभएको हो ।
प्रचण्डले भन्नुभयो-”समाजलाई चेतनाको दियो बाल्ने शिक्षकहरु मुलुकलाई पनि चेतनशील र क्रान्तिकारी बनाउन स्पष्ट भएर लाग्नुपर्दछ, नेपाली जनता अग्रगमन र परिवर्तनको पक्षमा छन्, यही चाहनालाई आत्मसात् गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।”आगामी निर्वाचनमा एमाओवादीलाई पूर्ण बहुमत दिलाउने गरी कार्यक्षेत्रमा खट्न निर्देशन दिँदै उहाँले राष्ट्रिय आवश्यकता र चाहनालाई ध्यान दिएर शिक्षक र युवा विद्यार्थी परिचालित हुनुपर्ने बताउनुभयो ।
नेपालको शैक्षिक क्षेत्रलाई अगाडि बढाउन आफ्नो पार्टीले विशेष कार्ययोजना ल्याउने आश्वासन दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले राजनीतिलाई ठीक दिशामा अगाडि बढाउन सके मात्रै सबै क्षेत्र ठीक हुने बताउनुभयो । शैक्षिक क्षेत्रलाई पूर्ण रुपमा व्यावसायिक र समयानुकूल बनाउन स्वयम् शिक्षक तथा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । विस्तारित बैठकमा एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा अधिकभन्दा अधिक स्थानमा एमाओवादीलाई विजयी बनाउन शिक्षकहरुले आजैबाट कार्यक्षेत्रमा खट्नुपर्ने बताउनुभएको थियो । विस्तारित बैठकले भावी कार्ययोजना, साङ्गठनिक स्वरुप लगायतका विषयमा स्पष्ट अवधारणा ल्याउने सङ्गठनले जनाएको छ । बैठक भोलिसम्म चल्नेछ । रासस



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS