दीपाश्रीको नयाँ घरमा को बस्ला ?
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१३ बैशाख, काठमाडौं । हास्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सर्नुभएको छ । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले अनलाइनखबरसित भन्नुभयो ।
कलाकारिता मार्फत कमाएको एककरोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उहाँले जानकारी दिनुभयो । बैशाखको बेला नयाँ घर त भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै भन्नुभयो-’त्यो दिन पनि छिटै आउँछ ।’
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उहाँले बताउनुभयो । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उहाँले भन्नुभयो । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उहाँले भन्नुभयो-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भन्नुभयो ।
कलाकार दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर अझै बाँकी रहेको पनि बताउनुभयो । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा रहेको उहाँले ठट्टा गर्नुभयो । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उहाँले हाँस्दै भन्नुभयो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Nepali Movie Gossips
0 comments