१ करोड १० लाखको घरमा दिपाश्री
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
हाँस्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सरेकी छिन् । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले अनलाइनखबरसित भनिन् । कलाकारिता मार्फत कमाएको एक करोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उनले जानकारी दिइन् । बैशाखको बेला नयाँ घर त भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै भनिन्-’त्यो दिन पनि छिटै आउँछ ।’
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उनको भनाई छ । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उनले भनिन् । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उनले भनिन्-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ को होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भनिन् ।
दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर अझै बाँकी रहेको पनि बताइन् । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा रहेको उनले ठट्टा गरिन् । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उनले हाँस्दै भनिन् ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Nepali Entertainment
0 comments