Widgets

'प्रचण्डलाई बहुला कुकुरले टोकेकाले बोलीको ठेगान नभएको हो'

Unknown | 05:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ वैशाख, नुवाकोट । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई बहुला कुकुरले टोकेकाले बोलीको सहि ठेगान नभएको अराजनैतिक र निम्नस्तरको टिप्पणी गरेकी छिन् । प्रेस चौतारी नुवाकोटले गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको एमाले समाप्त भएको भन्ने अभिव्यक्ति प्रति कटाक्ष गर्दै बहुला ककुरले टोकेको मान्छेको भनाई एमालेको शक्तिबाट डराएर आएको त्रासको अभिव्यक्ति भएको टिप्पणी गरेकी हुन् ।
एमाले उपाध्यक्ष भण्डारीले असारसम्म संबिधानसभाको चुनाव नभएमा पनि ठूलो असफलताको रुपमा भने नलिन आग्रह गरेकी छिन् । उनले काग्रेससंग सहकार्य गर्ने कुनै तयारी तथा पार्टीको धारणा नभएको जिकिर पनि गरिन् । संबिधानसभाको नयाँ चुनाव सरकार गठनको लागि नभई जनतालाई संबिधान दिनको लागि भएकाले चुनावमा प्रजातान्त्रिक शक्तिसंग भने समन्वयन गरेर अगाडी बढ्न सकिने बताइन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा जनआन्दोलन दबाउन उद्यत रहेका तथा ज्ञानेन्द्र शासनकालका मुख्य सचिव लोकमान सिंह कार्कीलाई मुख्य तीन ठूला दलहरुले प्रस्ताव गरेकाले एमाले समर्थन गर्न बाध्य भएको देखेसो पनि सुनाइन् । एमालेले दलहरुसंगको सहकार्यलाई निरन्तरता दिन मात्र कार्कीलाई बाध्यताबश समर्थनमा सहयोग गर्नुपरेकाले भन्दै उनले एमालेको बचाउ पनि गरिन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS