बार्सिलोना बार्यन म्युनिखसँग ४-० ले पराजित
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
११ बैशाख, काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिखले बार्सिलानालाई ४-० ले पराजित गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई निरिह बनाएको बार्यनको फाइनल प्रवेशको सम्भावना निकै बलियो भएको छ । २५ औं मिनेटमा थोमस मुलरको गोललबाट अग्रता लिएको बार्यनका लागि ४९ औं मिनेटमा गोमेजले अग्रता दोब्बर पारे ।
७३ औं मिनेटमा रोविनले गोल गरे भने ८२ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्यन ४-० ले विजयी भयो । यस्तोमा अब अर्को साता घरेलु मैदान नाउक्याम्पमा हुने दोस्रो लेगमा लिओनल मेस्सीको टिमलाई पुनरागमन गर्न सजिलो छैन । इतिहास हेर्ने हो भने ३ वटा क्लबले मात्र यस्तोमा पुनरागमन गरेको छ । सन् १९८४/८५ को यूइएफए कपमा पहिलो लेगमा ६-२ ले पछि परेको पार्टिजानले क्यूपीआरविरुद्धको दोस्रो लेगमा पुनरागमन गर्दै ६-६ को बराबरी गरेको थियो ।
त्यसको अर्को बर्ष रियल मडि्रडले यूइएफए कपको तेस्रो चरणमा पहिलो लिगमा बुरोसियासँग ५-१ ले पराजिज भएपनि दोस्रो लेगमा ४-० को जित निकालेको थियो । यस्तै १०६०/६१ मा विनर्स कपमा लिससले पहिलो लेगमा ६-२ को हार व्यहोरेपनि सोजविरुद्ध दोस्रो लगमा ५-० को जित निकालेको थियो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
|
Category: Latest News, Sports News
0 comments