निर्वाचनमा मधेसी दलवीच मोर्चावन्दी हुन्छ : ठाकुर
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१२ वैशाख, वीरगञ्ज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराईका मधेशवादी दलहरुवीच मोर्चावन्दी भए एकीकृत माओवादीसंगको गठबन्धन टुट्ने वताउनु भएको छ । मधेशवादी दलहरुवीच मोर्चावन्दीको प्रयास भइरहेको भन्दै ठाकुरले आगामी निर्वाचनमा मोर्चावन्दी गरेर जाने वताउनुभयो ।
विहीवार पर्साको वीरगञ्जमा मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ठाकुरले निर्वाचनमा मोर्चावन्दी गर्ने विषयमा सबै मधेशी दल सकारात्मक रहेको र छिट्टै निष्कर्षमा पुगिने जानकारी दिनुभयो । ठाकुरले मोर्चावन्दीका लागि विशेषगरी फोरम नेपाल, फोरम लोकतान्त्रिक तथा सङ्घीय सद्भावना र तराई मधेस अभियानका संयोजक जेपी गुप्तासंग छलफल भइरहेको वताउनुभयो ।
उहाँले मुलुकलाई राजनीतिक निकास दिन निर्वाचनको विकल्प नभएकाले जतिसक्यो छिटो निर्वाचनमा जानु पर्नेमा जोड दिनुभयो । ठाकुरले आन्दोलनरत नेकपा-माओवादीलाई उच्चस्तरिय राजनीतिक संयन्त्रमा ल्याएर निर्वाचनको वातावरण वनाउनु पर्ने वताउनुभयो । उहाँले आफूहरुको चुनावी मुद्दा सङ्घीयता र समावेशीको पक्षमा हुने जानकारी दिनुभयो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments