प्रचण्डले के माग्नेछन् भारतसँग ?
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
समाचार टिप्पणी । कहिले ‘मालिक’ त कहिले ‘प्रधानशत्रु’ भन्दै भारतसँगको सम्बन्धलाई महत्वसाथ पेश गर्ने एमाओवादी अध्यक्ष प्रचण्ड आजदेखि भारत भ्रमणमा जाँदैछन ।चीन भ्रमण सकेको एक साताभित्रै राजनीतिक, सांस्कृतिक र आर्थिक रुपमा निर्भर रहेको छिमेकी मुलुकको भ्रमण गरेर प्रचण्डले आफुलाई नेपालको एकमात्र नेताका रुपमा चित्रित गर्न खोज्दैछन ।त्यससँगै प्रचण्डले चीन भ्रमणबाटै फर्किएलगत्तै भारतसँग कुराकानी गर्न केही एजेण्डा पनि सार्वजनिक गरेका छन् ।
नेपालको आर्थिक सम्बृद्धिका लागि चीन र भारतले मिलेर काम गर्नुपर्ने बताएका प्रचण्डले त्यसो नगरे भारतको सुरक्षा चासोलाई सम्बोधन गरिरहन नसक्ने चेतावनीसमेत दिइसकेका छन ।के थियो पछिल्ला दिनमा भारत प्रचण्डको सम्बन्ध ? के प्रचण्डले सार्वजनिक गरेका एजेण्डामा भारतले साथ र समर्थन देला ? भारत भ्रमणको उनको भित्री उदेश्य र बाहिर देखे/सुनेका कुरावीच कहाँनेर अन्तर छ ?
प्रचण्ड-भारत सम्बन्ध
आफुले हटाएको प्रधानसेनापति रुकमागत कट्वाललाई भारतले राष्ट्रपति मार्फत पुर्नस्थिापित गरेपछि आक्रोशित भएका प्रचण्डले त्यसपछि राष्ट्रिय स्वाधिनता विरोधी आन्दोलन चर्काए । आन्दोलनकै सिलसिलामा नयाँवानेश्वर चोकमा आयोजित आमसभामा प्रचण्डले भारततर्फ लक्षितगदै भने, म सिधै मालिकसँग वार्ता गर्छु, सरकारसँग गर्दिन । उनले नेपालको समस्या समाधानका लागि सिधै नयाँदिल्लीसँग वार्ता गर्ने उद्घोष गरे ।प्रचण्डको यो भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग ल्यायो । यससँगै भारतसँगको सम्वन्ध विगि्रयो । त्यही वेला पार्टीको आन्तरिक वैठकमा अर्का उपाध्यक्ष वावुराम भटराईले प्रचण्डको भनाई अपरिपक्व भएको टिप्पणी गरे । प्रचण्डले सो अभिव्यक्ति दिएको केही महिनापछि नेपाल भ्रमणमा आएका तत्कालिन विदेशमन्त्री एसएम कृष्णासँग के भारत प्रचण्डसँग सिधै कुरा गर्न तयार छ भनी प्रश्न गरेकाथिए । त्यसको जवाफमा उनले भनेकाथिए, सूस्ता लगायत अन्य असमान सन्धीका सम्वन्धमा कुरा गर्न भारत तयार छ । कृष्णासँग प्रचण्डले द्धारिका होटलमै गएर भेट गरेका थिए ।
संविधान सभाको निर्वाचनपश्चातप्रधानमन्त्री भएपछि भारतसँग सम्वन्ध सुधार गर्ने पक्षमै थिए प्रचण्ड । तर प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमण गर्ने परम्परालाई तोडदै प्रचण्ड ओलम्पिक समारोहमा भाग लिन प्रचण्ड चीन गए । तर, सो समारोहमा भाग लिएर नेपाल र्फकने क्रममा प्रचण्डले भने, मेरो राजनीतिक भ्रमण भारतबाटै हुने छ । सो अभिव्यक्तिको उदेश्य भारतलाई खुसी पार्नु थियो । हुनत पहिलो भ्रमण चीन गरेपछि नै भारत प्रचण्डप्रति शशंकित भईसकेको थियो । सरकारबाट वाहिरिएपछि शुरु भएको राष्ट्रिय स्वाधिनताको लडाई पार्टीको गोरखमा भएको छैठौँ विस्तारित वैठकसम्म निरन्तर चल्यो । पालुङटारबाट पास भएको दस्तावेजमा उनले राष्ट्रिय प्रतिरोध लडाईँलाई जोड दिए । त्यसैवेला भारतप्रतिको प्रचण्डको नीतिमा फरक मत जनाई वावुराम भटराईले ‘नोट अफ डिसेन्ट’ लेखे ।तर छैँटौ विस्तारित वैठकपछि वसेको केन्द्रीय समितिको वैठकमा प्रचण्डले ‘यु टर्न’ लिए । पार्टीको नयाँ नीतिका सम्वन्धमा गम्भीर मनन गन सिन्धुपाल्चोकको सुकुटे गएका प्रचण्ड शान्ति र संविधानको लाइन तथा भारतसँग सम्वन्ध सुधार गर्ने नीति लिएर काठमाडौ फर्किए र केन्दि्रय समितीको वैठकमा यहीकिसिमको प्रस्ताव गरे ।भारतसँग लचिलो नीति लिएपछि प्रचण्ड र वावुराम नजिकिए । तर, अर्का उपाध्यक्ष मोहन वैधसँग उनको सम्वन्ध विग्रिदै गयो । वैद्य पक्षले भारतलाई प्रधान शत्रु घोषणा गर्न माग गरेको थियो तर प्रचण्ड यसमा सहमत भएनन् ।
माधवकुमार नेपालको सरकार ढलेपछि पुनः प्रधानमन्त्री हुन प्रचण्डले अनेक प्रयत्न गरे । तर प्रचण्ड उम्मेदवार भएसम्म मधेशवादी दलहरुले माओवादीलाई संसदमा भोट हालेनन् । भारतको आग्रहमा मधेशवादीले आफूलाई भोट नहालेनको निष्कर्षमा पुगेका प्रचण्डले भारतलाई सन्देश दिनकै लागि भारतले नचाहेको पात्र झलनाथ खनाललाई प्रधानमन्त्री बनाए ।सम्वन्ध सुधारका लागि धेरै पहिलेदेखि प्रचण्डले भारत भ्रमण गर्न चाहेका थिए । उनले भारतिय कम्युनिष्ट पार्टीका नेता शरद यादवलाई भ्रमणको चाँजोपाँचो मिलाउन धेरै पटक आग्रह गरेका हुन । माओावदीप्रति सहानुभूति राख्ने अन्य साना दलहरुले भने प्रचण्डको भारत भ्रमण मिलाउन लागेकै थिए ।तर भारतले उनलाई निमन्त्रण गर्न कुनै चासो दिएन । औपचारिक भन्दा पनि अनौपचारिक कार्यक्रमहरुमा उनलाई निम्ता गरियो तर प्रचण्डले औपचारिक र प्रधानमन्त्रीसँग हुने भ्रमणका लागि मात्र भारत जाने वताए ।
प्रचण्डलाई साथ देला भारतले ?
संयोग नै मान्नुपर्छ , लामो समयदेखि नवोलाएको भारतले प्रचण्डलाई चीन भ्रमण सकेको एक हप्तामा नै वोलाएको छ । तर प्रचण्डले भ्रमणका क्रममा जुन प्रस्ताव राख्दै छन, त्यसलाई भारतले इन्कार गर्ने कुरा स्पष्ट रुपमा देखिएको छ । हालै भारतिय विदेशमन्त्रीले प्रचण्डले भनेजस्तो त्रिदेशिय साझेदारी सम्भव नभएको वताएका छन ।भारतले उनलाई सहजै विश्वास गर्ने वातावरण भने छैन । पहिलो कुरा त प्रचण्डको नयाँनीतिले भारत र चीनलाई समदुरीमा राखेको छ, जुन नीतिलाई भारतले स्वीकार गदैन् । नेपाल र भारत विच विशिष्ट सम्वन्ध रहेको भारतको वुझाई छ ।पञ्चायति व्यवस्थाको जस्तो भारत वा चीन कार्ड खेल्ने समय नभएको वताए पनि भारत र चीनलाई समदुरीमा राखेर प्रचण्डले त्यही गर्न खोजेका छन् । त्यसैगरी प्रचण्डले नेपालका ठूला आयोजनाहरुमा भारत र चीनलाई सुयुक्त रुपमा लगानी गराउने प्रस्ताव गरेका छन् । जसलाई भारतले ठाडै अस्वीकार गर्ने छ ।कुनै पनि हालतमा नेपालमा वढ्दो चिनियाँ प्रभावलाई भारतले रुचाउँदैन, संयुक्त रुपमा चीनसँग मिलेर लगानी गर्ने त कुरै छोडौ । त्रिदेशिय साझेदारीको सम्वन्धमा त भारतिय विदेशमन्त्रीले स्पष्ट रुपकै भनेका छन, अझै पनि चीनसँगको सम्वन्ध नसुध्रेका कारण र भारतको राम्रो सम्वन्ध नभएका मुलुकहरुसँग चीनको हिमचिम भएकाले सम्वन्ध सुधार हुन नसकेको वताएका छन् ।
भारतले प्रचण्डलाई भन्ने कुरा कतिमात्र हो भने, यदि हाम्रो हितविपरीत नगए र चुनाव र प्रजातान्त्रिक विधीमार्फत सरकारमा आए माओवादीलाई स्वीकार गर्न भारतलाई आपत्ती हुने छ्रैन् । प्रचण्ड जाँदैमा न भारतले उनले भने झैँ लगानी वढाउने हो, न त्रिदेशिय साझेदारी नै गर्ने हो । भारत गएर प्रचण्डले माग्ने चाहिँ चुनाव र राष्ट्रपतिय प्रणलीमा भारतले सहयोग गनुपर्यो भन्ने नै हो । प्रधानन्यायधिशको नेतृत्वमा सरकार वनाएपछि प्रचण्डको मनमा एउटा भय छ- कतै फेरी भारतको सहयोगमा माओवादीलाई एक्लो पार्दै चुनाव हुन नदिइने त होइन ? त्यसैले उनले भारतसँग निर्वाचन गर्न सवै दललाई दवाव दिनुपयो भन्ने छन् ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments