दिल्ली उड्नुअघि प्रचण्डले भने-राष्ट्रको प्रतिनिधि भएर जाँदैछु
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१४ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार भारत भ्रमणमा जानु भएको छ । पत्नी सीता र विदेश विभाग प्रमुख कृष्णबहादुर महरासहितको टोली लिएर प्रचण्ड अपराहृन नयाँदिल्ली प्रस्थान गर्नु भएको हो ।
भारत जानु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू राष्ट्रको प्रनिनधिका रुपमा भारत जान लागेको बताउनु भयो । ‘म पार्टी अध्यक्ष भएपनि राष्ट्रको प्रनिनिधिको रुपमा भारत जान लागेको हूँ’ उहाँले भन्नुभयो-’चीनलाई राखेको जस्तै आर्थिक विकासको कुरा राख्छु ।’
आफ्नो भ्रमण आर्थिक एजेण्डामा केन्द्रीत हुने भन्दै उहाँले जलश्रोत, पर्यटन र भौतिक पूर्वाधार विकासका लागि सहयोगको प्रस्ताव गर्ने बताउनु भयो । उहाँले निर्वाचनका लागि सहयोग मागिने पनि बताउनु भयो ।
चार दिने भारत बसाईका क्रममा प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री डाक्टर मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेत्री सुस्मा स्वराजलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणकै क्रममा उहाँले भारतको विशेष आर्थिक क्षेत्र तथा जलविद्युत् परियोजनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments