तमलोपाको प्रस्तावः ‘चुनावमा मधेसीको एउटै झण्डा, एउटै उम्मेदवार’
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१४ वैशाख, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा मधेसवादी दलहरुबीच मोर्चाबन्दी गर्ने प्रस्ताव अघि सारेको छ ।
शुक्रबार अबेर सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मोर्चावन्दीका लाई पहल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । ‘मधेसवादी दलहरुबीच मोर्चाबन्दी पहल गर्नेबारे छलफल भएको छ’ सहमहामन्त्री जितेन्द्र सोनलले अनलाइखबरसँग भन्नुभयो-’एक निर्वाचन क्षेत्र एक उम्मेदवार र एक चुनाव चिहृन बनाएर जाने प्रस्ताव छ ।’
झण्डै एक वर्षअघि पनि तमलोपाले मधेसमा एउटा मात्र पार्टी बनाउने भन्दै दलहरुसँग वार्ता गर्न वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमो कार्यदल गठन गरेको थियो ।
तर, नेतृत्व कसले गर्ने भन्नेमा विवाद सुरु भएपछि कार्यदलले कुनै ठोस उपलब्धी हात पार्न सकेन । ‘त्यसबेला चुनावी माहोल नै भएन र वार्ता प्रयासले सार्थकता पाएन’ कार्यदल सदस्य समेत रहेका सोनलले भन्नुभयो-’अहिले चुनाव र मोर्चाबन्दी दुबैको माहोल बन्दै गएको छ ।’
उहाँका अनुसार मोर्चाबन्दीको औपचारिक प्रस्ताव राख्न तमपोलाका अध्यक्ष ठाकुरले छिटै मधेस केन्द्रीत दलहरुको बैठक बोलाउने तयारी गर्नु भएको छ । भ्रष्टाचारको मुद्दामा १ वर्ष जेल बसेपछि छुटेका जेपी गुप्ताले पनि ठाकुरको नेतृत्वमा मोर्चाबन्दीको प्रस्ताव गर्नु भएको छ भने मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव जनजाति दलहरुसँग मिलेर अर्के मोर्चाबन्दीमा हुनुहुन्छ ।
थ्रेस होल्डको विरोध, ६ सय १ को माग
तमलोपाले समानुपातिक तर्फ कम्तीमा १ प्रतिशत मत ल्याउनु पर्ने संविधानसभा सदस्य निर्वाचन अध्यादेशको प्रस्तावित व्यवस्थाको विरोध गरेको छ । साथै चार दलबीच भएको ११ बुँदे सहमति विपरित अबको संविधानसभा पनि ६ सय १ सदस्यीय नै हुनु पर्ने माग गरेको छ ।
‘थ्रोस होल्डको विरोध गरेका छौं’ सोनलले अनलाइनखबरसँग भन्नुभयो-’संविधानसभा पनि ६ सय १ नै कायम गर्नुपर्छ भनेको छौं । ११ बुँदे सहमति गर्दा कमजोरी भयो । त्यसलाई सच्याउनु पर्छ ।’ ११ बुँदे सहमतिमा अब बन्ने संविधानसभा ४ सय ९१ सदस्यीय हुने उल्लेख छ ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments