Widgets

राजमार्ग बन्द रोक्न सरकारले कडा नीति ल्याउने

Unknown | 04:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, काठमाडौं । सरकारले राजमार्गमा गुडिरहेका यातायात विविध कारणले दुर्घटना हुँदा चालक एवम् यातायातमाथि आक्रमण गरी राजमार्गसमेत बन्द गराउने प्रवृत्ति रोक्न थप कडा नीति ल्याउने भएको छ ।
यातायात व्यवसायीहरुले आफ्ना यातायातका साधन निर्वाधरुपमा गुड्न थप समस्या पर्दै गएको र खासगरी दुर्घटनापछि चालक र सवारीसाधनमाथि आक्रमण बढ्दै गएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न सरकारलाई पटकपटक माग राखेपछि त्यसलाई सम्बोधन गर्न नयाँ नीति ल्याउन लागिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री छवीलाल पन्तले नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको आठौँ वाषिर्क साधारणसभाको उद्घाटन गर्दै भन्नुभयो, “यातायात व्यवसायीहरु निश्चिन्त हुनुहोस् तपाईंहरूको सम्पत्तिको सुरक्षा सरकारले गर्दछ ।”
हाल यातायात क्षेत्रमा करिब ५ अर्ब लगानी रहेको जनाइएको छ । नौ हजार २०० किलोमिटर कच्ची सडक र ६ हजार ३०४ किमि कालोपत्रे सडकमा हाल करिब नौ लाख २४ हजार सवारीसाधन सञ्चालनमा आइरहेको यातायात व्यवस्था विभागको तथ्याङ्क रहेको छ । दुई वर्षअघि प्रतिकिलोमिटर ४० सवारीसाधन रहेकामा हाल ५४ पुगिसकेको छ । ती सवारीसाधनमध्ये ४० हजार ट्रक रहेका छन् ।
मन्त्री पन्तले राजमार्गलाई सुरक्षा प्रदान गर्न सरकारले उच्च प्राथमिकता दिएको चर्चा गर्दै यातायातका पार्किङ समस्या छिट्टै समाधान हुने जानकारी पनि दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला र यातायात व्यवस्था विभागका निर्देशक शरद अधिकारीले विकासका पूर्वाधारका रुपमा रहेका यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले ध्यान दिएको बताउनुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष अर्जुन रानाभाट र महासचिव राजेन्द्रकुमार श्रेष्ठले राजमार्गमा यातायातमाथि गरिने आक्रमण रोक्न सरकारसँग माग गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक पार्वती थापाले सवारीसाधनलाई महिला हिंसामुक्त बनाउन व्यवसायीहरुलाई ध्यान दिन आग्रह गर्नुभयो । रासस



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS