Widgets

अस्पतालमै सेवाग्राही बलत्कृत

Unknown | 04:51 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आँखा अस्पताल सेवा लिन आएकी एक महिला बिरामी अस्पतालका कर्मचारीबाट बलत्कृत भएको थाहाभएको छ । घटना सार्वजनिक भए लगत्तै अस्पताल प्रशासनले बलात्कारको घटनामा संलग्न चार कर्मचारीलाई निलम्वन गरेको छ । रौतहटको गौरस्थित गौर आँखा अस्पतालमा उपचार गर्न आएकी भारतीय नागरिक बलत्कारको शिकार भएाके थाहाभएको छ । भारत मोतिहारीकी ३० वर्षिय युवतीलाई गत पुस १३ गते शुक्रबार अस्पतालकै कर्मचारीहरुले पालैपालो बलात्कार गरेका थिए । यो घटनाको यर्थाथ विवरण एक सातापछि शुक्रवार मात्रै सार्वजनिक भएको हो ।
बलत्कार गर्ने कार्यमा संलग्न हुनेहरुमा आँखा अस्पतालको टिकट काट्ने कम्प्युटर कक्षका कर्मचारी रामअयोध्या यादव, शिवशंकर महतो, रामपृत यादव र रामप्रवेश राम चमार हुन । चारै जनाले योजनाबद्ध रुपमा बिरामी महिलालाई अश्लिल भिडियो देखाएर सामुहिक बलात्कार गरेको थाहाभएको छ । बलात्कारको पीडा खेपिरहेकी पीडित युवतीलाई आरोपितहरुले आर्थिक प्रलोभन देखाएर परीक्षणका लागि भारत पठाएको बुझिएको छ । बलात्कारका आरोपी चार कर्मचारीलाई प्रहरीले पक्राउ गरे पनि अस्पतालका प्रमुख डाक्टर हरिचन्द्र झाले जमानतमा बुझेका छन् । प्रहरीले अभियोग लागेका चारैजनालाई जमानतमा रिहा गरे पनि घटनाको छानबिन गर्न नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति मोहमद मजरुल हकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मा पाएको छ । बलत्कार सम्बन्धी घटनाको अनुसन्धान गर्ने कार्य प्रहरीले रेडक्रसलाई जिम्मा दिएकोमा आम सर्वसाधरण चकित परेकाछन ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS