अष्ट्रेलियाको सिड्नीमा गोर्खालीको परेड (फोटो फिचरसहित)
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१२ बैशाख, सिड्नी । अष्ट्रेलिया र न्यूजिल्याण्डको राष्ट्रिय दिवसका रुपमा मनाइने ‘एन्ज्याक डे’मा विगत एक दशकदेखि नेपाली गोर्खा सैनिकले सहभागिता जनाउदै आएका छन् ।
विहीवार सिड्नीमा भएको परेडमा करिव तीन दर्जन सैनिक र तिनका परिवारले मार्च पास गरेका थिए । मार्र्टि प्लेसबाट शुरु भएको परेड सिड्नीको हाइट पार्कमा पुगेर टुङ्गिएको थियो ।
पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्यलाई साथ दिएर हजारौँ अस्टेलियन र न्युजल्याण्डका सैनिकले ज्यान गुमाए । अष्ट्रेलियाका सिड्नी बाहेक मुख्य सहरहरु मेलवर्न, बि्रसवेन, एडिलेडमा हुने एन्ज्याक परेडमा नेपाली पूर्व गोर्खाहरु र अहिलेका बहालवाला सैनिक र प्रहरीहरु अफ्नो पहिचान, पदक र पोशाकसहित उपस्थित भएका थिए ।
संसारमाझ साहसी र बहादुर भनेर चिनिएका गोर्खा सैनिकहरु २० वर्षअघि नै अस्ट्रेलियाको सैन्य संगठनमा प्रवेस गरेका हुन् । जितमान लिम्बु अस्ट्रेलियन आर्मी बन्ने पहिलो गोर्खा थिए । २० वर्षअघि शुरु भएको गोर्खाको अस्ट्रेलिया यात्रामा अहिले दर्जनौं प्रवेश गरिसकेका छन् ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments