८० हजार भुटानी शरणार्थी तेस्रो देशमा पुनःस्थापित
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१३ वैशाख, काठमाडौं । आफ्ना जन्मस्थान र कर्मस्थान भुटानबाट विविध कारणले विस्थापित भई झापाका शरणार्थी शिविरमा आश्रय लिइराखेका नेपाली मूलका करिब ८० हजार शरणार्थी विश्वका विभिन्न आठ देशमा पुनःस्थापनाअन्तर्गत नयाँ जीवनयापन गरिराखेका छन् ।
अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजल्यान्ड, नर्वे र बेलायतमा गरी हालसम्म ७८ हजार ५१९ शरणार्थी पुनःस्थापन गरिएको शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायोग र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी सङ्गठनद्वारा आयोजित कार्यक्रममा जानकारी दिइयो ।
तीमध्ये सबैभन्दा बढी अमेरिकामा ६६ हजार २४३, अष्ट्रेलियामा चार हजार १९१, क्यानडामा पाँच हजार ३७६, डेनमार्कमा ७४९, नेदरल्यान्डमा ३२६, न्युजिल्यान्डमा ७४७, नर्वेमा ५४६ र बेलायतमा ३५० रहेका छन् । तेस्रो देशमा करिब एकलाख भुटानी शरणार्थी पुनःस्थापन गर्ने लक्ष्यअनुरुप ती शरणार्थीलाई ती देशमा पुनःस्थापन गर्न सकिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपालमा लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले भुटानी शरणार्थीलाई पुनःस्थापन गर्न आफ्नो देशले सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायोगका नेपाल प्रतिनिधि डाइने गुडम्यान र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी सङ्गठनका बुसाटी मायुरिजियोले एकलाख भुटानी शरणार्थीलाई तेस्रो देश पुनःस्थापन गर्ने लक्ष्य रहेको बताउनु भयो । रासस
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments