चुनावपछि एमाओवादी बत्ति बालेर खोज्नुपर्छः खनाल
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभा निर्वाचनपछि एमाओवादी समाप्त हुने चेतावनी दिनु भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले एमाले नामको पार्टी नै नरहेको बताएको केही दिनपछि खनालले अब माओवादीको युग समाप्त भएको घोषणा गर्नुभयो ।
‘अब माओवादीको युग सकियो । उसमा जुन प्रकारको आकर्षण थियो, हिंसाको शक्ति थियो । अब ती आतंकका युगहरु समाप्त भए’ नयाँ वर्ष र लोकतन्त्र दिवसको अबसरमा एमाले रामकोट गाउँ पार्टी कमिटीले शनिबार गरेको कार्यक्रममा खनालले भन्नुभयो-’अघिल्लो संविधानसभा निवार्नचन पछि भदौको भेल भएर आएको थियो । अब समाप्त हुँदै गएको छ । अबको निर्वाचनपछि कतो गो भनेर बत्ति बालेर खोज्नुपर्छ ।’ खनालले अबको चुनावमा माओवादीले बहुमत ल्याए अराजकता र विखण्डनमा जान सक्ने चेतावनी समेत दिनुभयो ।
एमाले अध्यक्ष खनालले लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने सम्भावना रहेको बताउनुभयो । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान निर्माणको कार्यलाई पूरा गर्न जरुरी रहेको र त्यसका लागि संविधानसभाको निर्वाचनको विकल्प नरहेको उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष खनालले नेता कार्यकर्तालाई एकढिक्का भई निर्वाचनमा सहभागी हुन निर्देशन दिनुभयो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments