निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ : मन्त्री मल्लिक
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१२ बैशाख,काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले संविधान सभाको निर्वाचनको मिति छिट्टै घोषणा हुने वताउनु भएको छ । संविधानसभाको निर्वाचन सम्बन्धी विषयमा सरकारले दलहरुसँग छलफल गरेर दलीय धारणा लिने काम गरिरहेकाले छिट्टै निर्वाचनको मिति घोषणा हुने मन्त्री मल्लिकले वताउनुभयो ।
विहीवार राजधानीमा रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा निर्वाचनको तयारीमा केही काम बाँकी रहेकोले निर्वाचनको मिति घोषणा नगरिएको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,’यो चुनाव गराउने कार्यसूचि लिएर बनेको सरकार हो । निर्वाचनको मिति घोषणा गर्न केही काम अझै बाँकी छ । सबै काम पुरा नभई मिति घोषणा हुँदैन । ‘ उहाँले संविधानसभा निर्वाचन सम्बन्धी अध्यादेश निर्वाचन आयोगले तयार पारेको र त्यस विषयमा सबै दललाई निर्वाचनमा ल्याउने विषयमा छलफल जारी छ । त्यसपछि मिति घोषणा हुन्छ । ‘
उहाँले अघिल्लो सरकारले गरेको राजनीतिक नियूक्तीमा ब्यवसायीक मानिस भए निरन्तरता दिने जानकारी दिनुभयो । यद्यपि उहाँले वर्तमान सरकारको ध्यान निर्वाचनमा केन्द्रीत भएकोले कसैलाई हटाउने र नियूक्त गर्ने काममा नलाग्ने दावी गर्नु भयो । मन्त्री मल्लिकले सरकार कुनै पनि नामको सेण्डिकेटको निर्देशनमा नचल्ने स्पष्ट पार्नु भयो ।
उहाँले भन्नुभयो,’सरकार कुनै सेण्डिकेटको छायाँमा छैन । चार दलको उच्चस्तरीय राजनीतिक समितिले भनेकै काम गर्नु पर्छ भन्ने बाध्यता यो स्वतन्त्र सरकारलाई छैन । सरकारले गर्नु पर्ने कर्तब्य कसैको दवावमा नपरि स्वतन्त्र ढंगले गर्छ । ‘ मन्त्री मल्लिकले दैनिक प्रशासन सञ्चालन गर्ने काममा सरकारले कसैको पनि कुरा नसुन्ने स्पष्ट पार्दै राजनीतिक कुरामा दलहरुका कुरा सुनेर सरकारले आफै स्वतन्त्र रुपमा उपयूक्त निर्णय लिने बताउनुभयो
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments