Widgets

बाघको खोजीमा बर्दियातिर (फोटोफिचर)

Unknown | 16:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


चिडिया घरमा त धेरै पटक बाघ देखेको हो । तर जँगलमै बाघ देख्नुको मज्जै अर्कै हुन्छ । बाघ हेर्नका अहिले सबैभन्दा उपयुक्त स्थल हो-बर्दियाको राष्ट्रिय निकुञ्ज । अहिले प्रत्येक महिना बर्दिया बाघ हेर्न आउने स्वदेशी-विदेशी पर्यटकको संख्या बढिरहेको छ ।
ओस्कार अवार्ड पाउन सफल फिल्म ‘टाइटनिक’का नायक लियोनार्दो डि क्याप्रियोले २०६५ जेठमा एउटै फ्रेमभित्र पाँच वटा बाघ खिचेका थिए । त्यसपछि बर्दियामा बाघ हेर्न आउने बिदेशी पर्यटकको आगमनमा बृद्धि भएको बताउँछन् बर्दिया ठाकुरद्वाराका पर्यटन ब्यबसायी मोहन चौधरी । पर्यटकले केही घण्टा बिताउँदा बाघ देख्न सक्ने चौधरी बताउँछन । उनका अनुसार चैतदेखि जेठसम्म बाघ हेर्ने उपयुक्त समय हो ।
1
गाईड तुलसी गौतम बिहान ६ बजे नै उठाउन आइपुगे । त्यसपछि सुरु भयो- बाघको खोजी । मध्यान्हपछि पानी पिउन बाघ आउने भएकाले पहिले गैँडा र अन्य जनावर डुल्ने उपयुक्त स्थलतर्फ लाग्यौं । विहानै जगल-वाक गर्ने प्रसस्तै पर्यटक भेटिए । ती सवैको उदेश्य थियो- बाघ हेर्ने । राष्ट्रिय निकुञ्जको तीनकुने स्थान बाघ हेर्नका लागि उपयुक्त स्थल हो । जसमा म र गाइड लगायत अन्य स्वदेशी विदेशी पर्ययटकहरू दिनभर वाघ हेर्नका लागि कुर्‍यौँ ।  दिनभरमा वाघ पानी खान र आल बस्न चार पटक सम्म आयो तर बाघ र हामी रहेको दूरी निकै टाढा भएका कारण, मानिसको चहल पहलका कारण बाघको तस्वीर खिच्न सकिएन । यदि मानिसको चहलपहल नभएमा बाघ सो क्षेत्रमा पानी खान तथा आल बस्नका लागि लामो समय विताउने गरेको गाइड गौतम वताउँछन् ।
हाल निकुञ्जमा ३७ पाटे बाघ, २४ वटा एकसिंगे गैंडा लगायत ४ सय ६७ प्रजातिका चरा छन् । गोही प्रजनन केन्द्रमा घडियाल र मगर गोही हेर्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ५ थरीका हरीण जातीका जनावर पाईन्छन । त्यो अन्तगर्त चित्तल, बाह्रसिगें, रतुवा, लघुना र जरायो पर्छन् ।
2
निकुञ्ज आसपासमा थारुहरुको घना बस्ती छ, जसले पर्यटकलाई सांस्कृतिक झाँकीहरुको दर्शन गर्ने मौकासमेत मिल्छ । थारु सँस्कृतिको जानकारी दिन ठाकुरद्वाराको निकुञ्ज कार्यालयमा थारु संग्रहालयसमेत छ । बर्दियामा जगल वाक , हात्ति सफारी, जिप सफारी समेत गर्न सकिन्छ । जँगल सफरी गर्न गाईडको अनिवार्य हुन्छ । निकुञ्जमा १७ वटा हात्ती छन् । तीमध्ये १२ वटामा जंगल सफारी गराइन्छ । ठाकुरद्वारामा ठाकुर बाबा (विष्णु) मन्दिर पनि छ । बाबा बहिरा छन, त्यस कारण वर माग्दा जोडजोडले चिच्याएर वर माग्नुपर्छ भन्ने भनाइ छ । बाबाको दर्शनले जागिरमा पदोन्नती हुनेे, प्रेममा सफलता मिल्ने र सन्तान प्राप्ति हुने जनविश्वास छ । माघीका बेला मन्दिरमा मेला लाग्छ ।
3



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS