Widgets

बोका चोरबाट नब्बे हजार क्षतिपूर्ति असुल

Unknown | 04:45 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, कञ्चनपुर । कञ्चनपुर र डडेल्धुराको सीमा क्षेत्र पातलमा बस्दै आएका एक व्यक्तिले बोका चोर्ने व्यक्तिबाट ९० हजार क्षतिपूर्ति असुल गरेका छन् ।
पातलका नकुल घिमिरेले बाख्रा प्रजननका लागि भारतको हल्दानीबाट ३० हजारभन्दा बढी मूल्य तिरेर दुई वर्षअघि खरिद गरेर ल्याएको जमुनापारि जातको बोका चोरी गर्ने कृष्णपुर-२ पहरियाका अर्जुन भाटबाट उक्त रकम शनिबार असुल गरेका हुन् । बाख्रासँगै चराउनका लागि लगिएको ८० किलोभन्दा बढी तौलको बोका गत चैत १२ गते गैरीपातल भन्ने स्थानबाट चोरी भएको थियो । भाटले चोरी गरेको बोकालाई आफना ससुरालीमा लगेर राखेको अवस्थामा घिमिरेले फेला पारेका थिए ।
बोका फेला परेपछि घिमिरेले चोरी गर्ने भाटमाथि कारबाही र बोका खोज्न लागेको पैसा असुलीका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएका थिए ।
चोरी गर्ने कार्यमा संलग्न भाटलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेपछि इप्रकामै चोरी गर्ने र पीडितपक्षबीचको सहमतिमा बोका खोज्न लागेको पैसास्वरुप क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमतिपछि पैसा उपलब्ध गराइएको प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो । बोका भने चोरी गर्ने व्यक्तिलाई नै दिइएको छ । रासस



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS