Widgets

थ्रेस होल्डको विवाद मिलाउन चार दललाई रेग्मीको आग्रह

Unknown | 16:45 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ बैशाख, काठमाडौं । चुनावी तयारीबारे मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले थ्रस होल्डसम्वन्धी विवादमा सहमति खोज्न प्रमुख चार दललाई आग्रह गर्नु भएको छ ।
khilraj-regmiउच्चस्तरीय राजनीतिक समितिका सदस्यहरुसँग शुक्रबार साँझ भएको छलफलमा रेग्मी दलहरुको तर्फबाट आएको माग तथा सुझावबारे ममेत जानकारी गराउनु भएको छ । ‘मन्त्रिपरिषद अध्यक्षले सरकार छिट्टै संविधानसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश टुङ्ग्याउने र मिति घोषणा गर्न चाहन्छ भन्नु भयो’ रेग्मीको भनाई उदृत गर्दै प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखबरसँग भन्नुभयो-’उहाँले दलहरुको तर्फबाट आएको सुझाव जस्ताको तस्तै राख्नुभयो र यसलाई बुझ्नु पर्‍यो भन्नु भएको छ ।’ अध्यादेश पारित हुन नसक्दा मिति घोषणामा ढिलाई भएको भन्दै रेग्मीले शीर्ष नेताहरुको ध्यानाकर्षण समेत गराउनु भएको छ ।
भेटमा चुनावी ऐन कानुन संशोधनबारे छलफल भएपनि कुनै सहमति नभएको तमपोलाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । दलहरुबीच सहमति हुन नसक्दा संविधानसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष पठाउन सकेको छैन ।
एमाओवादीसहितका साना दलहरुले थ्रेस होल्ड अर्थात समानुपातिकतर्फ १ प्रतिशत मत ल्याउनु पर्ने प्रावधानको विरोध गरेका छन् भने कांग्रेस र एमालेले समर्थन गरेका छन् । यस्तै सरकारविरुद्ध आन्दोलनरत दलहरुले समानुपातिक सिट संख्या पूरानै कायम गर्नु पर्ने माग गरेका छन् ।
यस्तै फैजदारी अभियोग लागेकाले निर्वाचनमा भाग लिन नपाउने प्रावधानको पनि माओवादीले विरोध गरेका छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS