Widgets

ए डिभिजन लिग नखेल्ने एनआरटीको निर्णय

Unknown | 04:42 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, काठमाडौं । आर्थिक अभावको कारण देखाउँदै नेपालको पूरानो फुटबल क्लब न्यूरोड टिम एनआरटीले ए डिभिजन लिग नखेल्ने निर्णय गरेको छ । यो सिजन कुनै पनि प्रतियोगिता नखेल्ने र आगामी सिजन बी डिभिजनबाट खेल सुरु गर्ने उसको निर्णय छ ।
Nrt
एनआरटीको साधारणसभाले बहुमतका आधारमा ए डिभिजन नखेल्ने निर्णय गरेको हो । लिग खेल्ने प्रस्तावको पक्षमा ९ मत परेको छ भने विपक्षमा ३६ मत खसेको छ । ‘यो सिजन कुनै पनि प्रतियोगिता खेल्दैनौं । अर्को वर्ष बी डिभिजन खेल्छौं’ एनआरटीका महासचिव विनय प्रधानले अनलाइनखबरसँग भन्नुभयो-’हामी क्लबको आर्थिक अवस्था राम्रो नभएसम्म बी डिभिजनमै रहन्छौं । ७४ पछि एमा उक्लने लक्ष्य छ ।’
सन् १९९१ मा स्थापना भएको एनआरटीले यो सिजन पाँचौं स्थानमा रहँदै लिग टुङ्ग्याएको थियो । ४ पटक ए डिजिजन लिग जितेकेा एनआरटीले बुढासुब्बा र गभनर्स गोल्पकपको समेत उपाधि उचालेको थियो ।
एनआरटी आर्थिक स्रोत राम्रो भएको क्लब मध्ये एक हो । त्रिपुरेश्वरस्थित दरशथ रंगशाला नजिकै ४ रोपनी जग्गा छ भने त्यसमा चार तला र तीन तलाको घर छ । जसबाट भाडा वापत बाषिर्क १ करोड ३ लाख भन्दा बढी आम्दानी हुन्छ । तर, २०६३ सालमा लिएको बैंकको १ करोड ४० लाख ऋण तिर्न बाँकी रहेको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS