Widgets

प्रचण्डले भने- अब म पार्टी अध्यक्ष छाड्छु

Unknown | 03:26 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२० वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व छाड्ने कार्यकर्ताहरुलाई बताउनुभएको छ । हेटौडा महाधिवेशनअगावै आफूले डा. बाबुराम भट्टराईलाई अध्यक्ष बन्न प्रस्ताव गरेकोसमेत प्रचण्डले खुलासा गर्नुभएको छ । ’म नेतृत्व छाड्दैछु । हाम्रो टिमले नै अब नेतृत्व छाड्छ । हामी उत्तराधिकारी जन्माउछौं र बाहिरबाट वैचारिक सहयोगमात्रै गर्छौं ।’prachanda बिहीबार धरानमा आयोजित १९ जिल्लाका कार्यकर्तालाई गोप्य प्रशिक्षण दिने क्रममा प्रचण्डले भन्नुभयो- ‘मैले हेटौंडा महाधिवेशनअगावै बाबुरामजीलाई अध्यक्ष चलाउनोस् भनेको हुँ ।’
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्टालिन र माओले बुढेसकालसम्म नेतृत्व गरेको र नेपालमा पनि त्यस्तै हुन लागेको भन्दै प्रचण्डले बेलैमा नेतृत्व छाड्ने बताउनुभएको हो । ‘अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जे देखियो, सत्ताको नजिक पुगेपछि मारपिट र सत्ताको हानाथाप भयो ।’ प्रचण्डले कार्यकर्ताहरुलाई भन्नुभयो-’ यो गम्भीर दार्शनिक समस्या हो, हामीले ध्वंश र निर्माणको द्वन्द्ववादलाई बुझ्न सकेनौं, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जे देखियो, हाम्रोमा पनि त्यही समस्या देखिएको छ ।’
प्रचण्डले पार्टी नेतृत्व छाडेर आफू ‘स्टेटम्यानसीप’मा बस्ने बताएको यही पहिलो चाँहि होइन । ८ वर्ष अघिको चुनवाङ बैठककै बेला उहाँले आफू र बाबुराम भट्टराईलगायतको टिम सरकारमा नजाने र स्टेटम्यानसीपमा बस्ने बताउनुभएको थियो । बिहीबार धरानमा आयोजित प्रशिक्षणमा उहाँले पार्टी नेतृत्व छाड्ने नयाँ तिथि पनि घोषणा गर्नुभएको छ । तर, प्रचण्डले नेतृत्व छाट्ने तिथि चाँहि त्यति नजिक छैन । ‘नेतृत्व कहिले छाड्छौ भन्नुहुन्छ होला, अब ५/७ वर्षमा छाड्छौं । अहिलेको टिमले नै छाड्छ र नयाँ उत्तराधिकारीलाई नेतृत्व जिम्मा लगाउँछ ।’- प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले प्रचण्डको भनाइ उधृत गर्दै अनलाइनखबरलाई बताए ।
बुधबार इटहरीको आमसभालाई सम्बोधन गरेपछि बिहीबार धरान पुग्नुभएका प्रचण्डले त्यहाँ पार्टी कार्यालय भवनको उद्घाटनका साथै नवप्रवेशीहरुलाई टीका लगाइदिनुभएको थियो । शुक्रबार एक दिनका लागि राजधानी आए पनि शनिबार सर्लाहीको हरिवनमा हुने क्षेत्रीयस्तरको आमसभा र भोलिपल्ट मधेस ब्यूरो प्रशिक्षणमा सहभागी हुन प्रचण्ड फेरि राजधानी बाहिर जाने कार्यक्रम छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS