Widgets

भृकुटीमण्डमा अपार्टमेन्टहरुको प्रतिस्पर्धा (फोटोफिचर

Unknown | 19:27 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ बैशाख, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि तेस्रो घर जग्गा मेला सुरु भएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घले आयोजना गरेको मेलाको भौतिक पूर्वाधार, यातायात र शहरी विकासमन्त्री छविराज पन्तले उद्घाटन गर्नुभयो ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्तले व्यवस्थित बसोबासको विस्तार गर्न मेलाले सकरात्मक सहयोग पुर्‍याउने बताउनुभयो ।
land hauging expo (1)
उहाँले घर जग्गा क्षेत्रमा देखिएका समस्याहरुलाई समधान गर्न सरकारले व्यवसायीहरुसँग सहकार्य गर्ने आश्वासन समेत दिनुभयो । त्यस्तै, सङ्घका अध्यक्ष इच्छाराज तामाङले विकासोन्मुख देशमा आर्थिक वृद्धि हुँदै जाँदा घरजग्गा तथा आवासीय क्षेत्रको कारोबार पनि बढ्दै जाने बताउनुभयो । पछिल्लो समय यस क्षेत्रमा उपभोक्ताको आकर्षण बढ्दै गएको उहाँको भनाई थियो ।
land hauging expo (2)
जग्गा तथा आवास क्षेत्रमा कहलिएका कम्पनीहरुको सहभागिता रहेको मेला बैशाख २२ गतेसम्म संचालन हुनेछ । मेलामा घरघडेरी तथा आवासको खरिद बिक्री हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा १८ लाख रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्मका जग्गा तथा आवासहरु प्रर्दशन तथा विक्रीमा राखिएको छ । मेलामा ग्राहकहरुलाई आˆनो स्टलतर्फ आकषिर्त गर्न कम्पनीहरुका बिचमा तिब्र प्रतिस्पर्धा भएको देखिन्छ । कम्पनीहरुले ठूलो धनराशी खर्च गरेर आफ्नो स्टलहरु निर्माण गरेका छन् ।
land hauging expo (3)
आयोजनाको पहिलो दिन नै मेलामा सर्वसाधरणको बाक्लो भिड लागेको देखिन्थ्यो । स्टलकर्ताहरुलाई आफ्नो उत्पादनको बारेमा जानकारी गराउन भ्याई-नभ्याई थियो । नेपालमा कारोबार गरिरहेका घरजग्गा तथा अपार्टमेन्ट कम्पनीमध्ये ८० प्रतिशत कम्पनीहरुको सहभागिता रहेको आयोजकले दाबि गरेको छ ।
मेलामा घर जग्गाको अलवा विभिन्न बैंकहरु, पेन्ट्स कम्पनीहरु, होम अप्लायन्सका समानहरु पर्दशन तथा विक्रीमा राखिएको छ ।
land hauging expo (4)
land hauging expo (5)
land hauging expo (6)
land hauging expo (7)



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS