एमाले नेताको गुटबन्दीको शिकार भएँ : ढुंगाना
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२३ वैशाख, सर्लाही । नेकपा एमाले सर्लाहीका पूर्वसचिव केशव ढुंगानाले आफूले एमाले छाडेको नभई एमालेले आफूलाई छाडेको बताउनुभएको छ । शनिबार सर्लाहीमा आयोजित आमसभाबाट एमाओवादीमा प्रवेश गर्नुभएका ढुंगानाले आफू एमाले नेता झलनाथ खनाल, माधव नेपाल र केपी ओलीवीचको अन्तरविरोधको शिकार भएको गुनासो गर्नुभएको छ ।
सर्लाहीमा अनलाइनखबरसँग कुरा गर्दै ढुंगानाले बुटवल महाधिवेशनपछि आफूलाई एमालेमा जिम्मेवारीविहीन बनाइएकाले आफूले पार्टी परित्याग गर्नुपरेको जिकिर गर्नुभयो । ०३२ सालमा बाल संगठनबाट राजनीतिक गरेका ढंगाना ०५४ देखि ०६३ सालसम्म ९ वर्ष सर्लाहीमा एमालेको पार्टीसचिव रहनुभएको थियो । ‘बुटवल महाधिवेशनपछि मलाई कुनै पनि जिम्मेवारी दिइएन, एमालेले मलाई छाड्यो भन्ने लाग्यो, त्यसैले मैले एमाले छाडें ।’
ढंगानाले भन्नुभयो- ‘म एमाले नताहरुको गुटबन्दीको शिकार भएँ, मलाई उनीहरुले फर्केर पनि हेरेनन् ।’ एमाओवादीले लिएको नीति र नेताहरु पनि आफूलाई मन परेको भन्दै ढंगाना शनिबार प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गर्नुभएको हो । एमाओवादी पार्टीमा कुनै जिम्मेवारी नपाएका ढुंगानाले आगामी चुनावमा सर्लाही १, २ र ३ नम्बर क्षेत्रमा एमाओवादीलाई जिताउने अभियानमा लाग्ने बताउनुभएको छ ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
|
Category: Latest News
0 comments