प्रेसिडेन्ट्स कप फुटबल : थ्रीस्टार र अबहानी क्लब बराबरीमा रोकिए
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२४ बैशाख, काठमाण्डौ । एएफसी प्रेसिडेन्ट्स कप फुटबल छनौट अन्तरगत समूह एमा रहेको नेपालको ए डिभिजन लिग च्याम्पियन लक्ष्मी बैँक थ्रीस्टार क्लब बंगलादेशको अवहानी क्लबसंग बराबरीमा रोकिएको छ । मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको समूह चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले अवहानीसंग एक एक गोलको बराबरी खेलेको हो ।
पहिलो हाफको १६ औँ मिनेटमा पाएको फ्री किकलाई गोलमा परिणत गर्दै जगजिग श्रेष्ठले थ्रीस्टारलाई अग्रता दिलाए । जगजितले ३० यार्ड टाढावाट प्रहार गरेको फ्री किक आकर्षणरुपमा गोलमा परिणत भएको थियो । तर खेलको ३८ औँ मिनेटमा अवहानीका ताहिदुलले गोल गर्दै खेल एक-एकको बराबरीमा ल्याए । खेलको ६९ औँ मिनेटमा प्रकाश वुढाथोकीलाई अवहानीका खेलाडीले डी एरिया भित्र लडाएपछि पाएको पेनाल्टीलाई जगजितले खेर फाले । त्यस्तै खेलमा थ्रीस्टारले गोल गर्ने केही राम्रो मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिदै अंक बाडेका हुन् ।
यसअघि मंगलवार नै भएको उद्घाटन खेलमा ताइवान पावर कम्पनी र कम्बोडियाको इर्चिम क्लबवीचको खेल पनि गोलरहित बराबरी टुंगिएको थियो । गजतिले नै ६९ औँ मिनेटमा इब्राहिमले पेनाल्टीमा चुके । थ्रीस्टार नेपालको ए डिभिजन लिग च्याम्पियनको हैसियतमा एएफसी प्रेसिडेन्ट्स कप २०१३ मा नेपालका तर्फवाट सहभागीता जनाएको हो ।
थ्रीस्टारले यसै वर्ष अनुबन्धन गरेका डिफेण्डर सविन्द्र श्रेष्ठ र सरोज दाहाल, मिडफिल्डर जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी र स्ट्राइकर जिका डोडोजलाई अवहानी क्लब विरुद्धको खेलमा मैदानमा उतारेको थियो । सन् २००५ मा भएको एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा नेपालका तर्फवाट सहभागीता जनाएको थ्री स्टार क्लब सेमिफाइनल पुगेको थियो । टाइब्रेकरमा ४–३ ले पराजित भएपछि थ्री स्टार सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यतिवेला टाइब्रेकरमा थ्रीस्टारका निराजन खड्का र विजय गुरूङ गोल गर्न चुकेका थिए ।
थ्रीस्टारले आफ्नो दोस्रो खेलमा बिहीवार कम्बोडियाको इर्चिम क्लबको सामना गर्ने छ भने शनिवार ताइवान पावर कम्पनीको सामना गर्ने छ ।
तस्वीर : गोल नेपाल डटकम
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
|
Category: Sports News
0 comments