khilraj१८ वैशाख, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषद का अध्यक्ष खिलराज रेग्मीले आगामी संविधानसभाको चुनाव सफल पार्न मजदुरहरुलाई आग्रह गर्नुभएको छ ।
विश्व मजदुर दिवसमा अवसरमा बुधबार सन्देश दिँदै अध्यक्ष रेग्मीले भन्नुभएको छ- निर्वाचन सफल पार्न उत्साहजनक सहभागी हुन न सम्पूर्ण मजदुर लगायत नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई आग्रह गर्दछु ।
रेग्मीले मे दिवसको शुभकामना सन्देशमा निर्वाचनप्रति फरक धारणा राख्ने दलहरुलाई चुनावमा सहभागी हुन आग्रहसमेत गर्नुभएको छ ।

१८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले चन्द्रबहादुर थापा ‘सागर’लाई वाइसीएल उपत्यका संयोजकको जिम्मेवारीबाट हटाएको छ । वाईसीएल नेवाः राज्य समितिको बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले थापालाई हटाएर रामप्रसाद सापकोटा ‘दिपशीखा’लाई संयोजक तोकेको हो । Sagarनयाँ संयोजक सापकोटा यसअघि वाइसीएल उपत्यका सहसंयोजक हुनुहुन्थ्यो । थापा र सापकोटा दुवै वाएसिएलका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य हुन् । बैठकमा माओवादी नेवाः राज्य समिति संयोजक देवेन्द्र पौडेल, वाइसीएल अध्यक्ष गणेशमान पुन र सह-संयोजक राजु खड्काको उपस्थिति थियो ।
थापाले पार्टी निर्णयविपरीत बेरोजगार युवा संघ गठन गरेको भन्दै वाइसीएलभित्र सापकोटा पक्षधरहरुले थापाको चर्को आलोचना गर्दै आएका थिए । गत माघ अन्तिम साता हेटौंडामा भएको सातौं महाधिवेशनमा पनि बेरोजगार युवा संघका नाममा वाइसीएलको समानान्तर कमिटी निर्माण गरेको भन्दै सापकोटाले थापाको विरोध गर्नुभएको थियो । थापालाई हटाइएपछि सापकोटाको नेतृत्वमा १ सय ९ सदस्यीय राज्य सम्मेलन आयोजक समिति गठन भएको छ ।
पूर्वसभासद् रहेका थापाले भने आफूलाई कारवाही गरिएको वा हटाइएको समाचार सत्य नभएको बताउनुभयो । ‘मलाई हटाएको वा कारवाही गरेको हैन, मैले आफैं वाइसीएलको संयोजकबाट राजीनामा दिएको हुँ ।’ -भैरहवामा रहनुभएका थापाले अनलाइनखबरसँग भन्नुभयो । थापाकै भनाइलाई पुष्टि गर्दै एमाओवादीका नेवा इञ्चार्ज देवेन्द्र पौडेलले भन्नुभयो- ‘उनलाई कारवाही गरिएको होइन, अब उनले बेरोजगार संघ चलाउँछन्, दीपशिखाले वाइसिएल चलाउँछन्, सागर पनि पार्टीमै छन् वाइसिएलबाट मात्रै जिम्मेवारी मुक्त गरिएको हो ।’
सापकोटाले उपत्यकामा छिन्नभिन्न अवस्थामा पुगेको वाइसीएलको संगठनलाई मजबुत पार्नु आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । वाइसीएललाई विगतकै संरचनामा फर्काउने जानकारी पनि सापकोटाले दिनुभयो । ‘विगतकैजस्तो व्यारेकमा त हामी बस्दैनौं’, सापकोटाले भन्नभुयो, ‘ तर, आवश्यक पर्दा केन्दि्रत र विकेन्दि्रत दुवै तरिकाको संरचना बनाउँछौं ।’
वाइसिएलको बैठकले वाइसीएल नेवा राज्यको सम्मेलन आगामी जेठ ४ र ५ गते पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा काठमाडौँको वसन्तपुरमा गर्ने निर्णयसमेत गरेको छ । त्यसअघि वैशाख २५ देखि ३० गतेसम्म ६ जिल्लाको जिल्ला सम्मेलन सक्ने पनि वाइसीएलले जनाएको छ । वाइसीएल नेवाः राज्य समितिमा काठमाडौँ, ललितपुर, भक्तपुर, मजदुर, विद्यार्थी र सम्पर्क जिल्ला समिति गरी ६ वटा जिल्ला कमिटी आवद्ध छन् । राज्य सम्मेलनपछि स्ववियु निर्वाचनका लागि परिचालित हुने वाइसिएल संयोजक सापकोटाले जानकारी दिनुभयो ।

१८ वैशाख, काठमाण्डौं । आज मे १ अर्थात, १२४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । दिवसका अवसरमा विभिन्न टे्रड युनियनहरुले राजधानीका विभिन्न ठाउँबाट र्‍याली निकाले । बुधवार  एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप, एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले काठमाण्डुको खुलामञ्जमा सभा गर्दैछन् । 22त्यस्तै, ट्रेड युनियन काङ्ग्रेसले शान्ति वाटीकामा र नेकपा-माओवादी निकटको मजदुर संगठनले वसन्तपुरमा कार्यक्रम राखेका छन् । नेपाल सरकारले पनि मजदुर दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
दिवस राजनीति गर्नेलाई
नेपालमा सभा सम्मेलन गरेर मजदुर दिवस मनाइरहँदा वास्तविक मजदुरहरुलाई भने दिवसले छुन सकेको छैन् । सिमित मजदुर र कर्मचारीहरु बाहेक अन्य सबै मजदुरहरु आज पनि काममा व्यस्त रहेका छन् । दिनभरी काम नगरे बेलुका खान नपाउनेहरुलाई मजदुर दिवससँग कुनै सरोकार नभएको मजदुरहरुले बताएका छन् । मजदुर दिवस वास्तविक मजदुरका लागि नभएर मजदुरका नाममा राजनीति गर्नेहरुका लागि र सरकारी कर्मचारीहरुलाई मात्र भएको उनीहरुको दुखेसो थियो ।
2विदा सरकारी कर्मचारीलाई
सरकारले पनि वास्तविक मजदुरहरुलाई सौतेलो व्यवहार गरेको उनीहरुले गुनासो गरेका छन् । ‘हामीलाई विदा होस कि अन्य कुनै समारोह, दिनभरि काम नगरी बेलुका मुखमा माड लाउन नपाउने हुँदा यस्ता दिवसमा खासै मतलब राख्दैनौं’ नुवाकोटबाट राजधानीमा आई मजदुरी गर्न थालेका एक मजदुरले भने । सरकारले मजदुर दिवसको दिनमा दिएको विदा त सरकारी कर्मचारीहरुलाई मालामाल भएको छ ।
पछिल्लो समय मजदुरको नाममा राजनीति गर्नेहरुको संख्या बढ्दै गएको छ । विभिन्न राजनीतिक दलका आ-आˆनै मजदुर संगठनहरु रहेका छन् । संगठनको नेतृत्व सम्हाल्नेहरु वास्तविक मजदुर नभई मजदुरको नाममा राजनीति गर्नेहरु भएको उद्योगी-व्यवसायीहरु बताउँछन् । उनीहरुले वास्तविक मजदुरलाई प्रयोग गरेर राजनीति गरिरहेका छन् । अहिलेसम्म नेपालमा १० वटा मजदुर संगठन दर्ता भईसकेका छन् भने ३ वटा दर्ता प्रकृयामा रहेका छन् ।
विश्वका मजदुरहरु एक हौं भन्ने नाराका साथ मजदुर दिवस मनाउँदै आएको भएपनि नेपालमा विभिन्न मजदुर संगठनले छुट्टा-छुट्टै कार्यक्रम गरि मजदुर दिवस मनाउँदै छन् । पछिल्लो समय मजदुरहरु मालिकहरुबाट नभई मजदुर संगठनबाटै पिडित बन्दै आएका छन् । संगठनहरुले मजदुरबाट लेवि उठाउने, आन्दोलनहरुमा जबरजस्ती लगेर मजदुरहरुलाई शोषण गर्दै आएको गुनासो बढ्दै आएको छ ।
नेपालमा श्रम सम्बन्धी स्पष्ट कानुन बन्न नसक्दा मजदुर र रोजगारदाबीच द्धन्द्ध चर्कदै आएको छ । कतिपय मजदुर मालिकबाट शोषित हुँदै आएका छन भने कतिपय मालिकहरु श्रमिकबाट पिडित बन्दै आएका छन् । श्रम समस्या समाधान गर्न स्पष्ट कानुन बनाउनुपर्ने, श्रम अदालत गठन गर्नुपर्ने, न्यूनतम तलब मूल्य बृद्धिका आधारमा बढाउँदै लैजानुपर्ने माग उठेपनि सरोकारवाला निकायहरुले यसप्रति ध्यान दिन सकेका छैनन् । मजदुरका नाममा राजनीति गर्नेहरुले पनि यस तर्फ खासै ध्यान दिएको पाईंदैन । विश्वभर मजदुर दिवस मनाइरहेका बेला अनलाइन खबरले राजधानीमा काम गरिरहेका केही मजदुरसँग दिवसको दिन पनि किन काम गरिरहनुभएको भनेर कुराकानी गरेको थियो ।
Dinesh-Khadkaदिनभरि काम नगरे बेलुका मुखमा माड लाग्दैन्
दिनेश खड्का, रामेछाप
मजदुर दिवस त लेखापढी गर्नेहरुलाई मात्र रहेछ । हामीलाई त दिनभरि काम नगरे बेलुका मुखमा माड लगाउन पाईंदैन् । घरमा बाल बच्चा छन्, मजदुर दिवस हो आज काम गर्दिन भन्यौं भने उनीहरु भोकै रहन्छन् । मजदुर दिवसका दिन पनि काम गर्नु हाम्रो वाध्यता हो । हामीलाई नियतीले ठगेको रहेछ हेर्नोस, कुनै दिनपनि आराम गर्न पाउँदैनौं ।
विश्वभर मजदुर दिवस मनाईंदै गरेको थाहा छ । तर, थाहा भएर के गर्ने ? सबैका आ-आˆनै दुःख पिडा र व्यथा हुन्छन् । हेर्नोस, साँच्चिकै भन्ने हो भने यो दिवस हामी मजदुरका लागि होइन् रहेछ ।
Balkrishna-Shresthaआज विदा बसे भोलि साहुले काम नदेला
बालकृष्ण श्रेष्ठ, रामेछाप
मजदुरको हक हितमा आवाज उठाउन मजदुर दिवस मनाउनु ठिकै हो । तर, अहिलेसम्म मजदुरलाई कुनै हित हुन सकेको छैन् । मैले धेरै वर्षदेखि भारी बोक्ने काम गर्दै आएको छु । १० वर्ष अगाडि मेरो जुन अवस्था थियो अहिले पनि त्यहि नै अवस्था रहेको छ ।
मजदुर दिवसको दिन घरमा परिवारसँग बस्न त मन लाग्छ । तर, आज विदा बसे भोली साहुले काम नदेला भन्ने पनि पिर लाग्छ । हामीले भारी बोक्न सक्यौं भने खान पाउँछौं नसक्दाको दिन भोकै रहनुपर्छ । दिनभरी मुटु मिचेर भारी बोकेपछि बेलुका सामन्य खाना खान पाईन्छ । मुलुकभित्र हुने बन्द हड्तालले पनि हामीलाई निकै अप्ठ्यारो पार्दै आएको छ । बन्द हड्तालका कार्यक्रम नहोउन भन्ने हाम्रो अपेक्षा हो ।
Samser-bhujelट्राफिकले हामीलाई शोषण गर्छन्
समशेर भुजेल, धादिङ
हामीले विदा नपाए पनि मजदुर दिवस मनाउनु ठिकै हो । राज्यले नै हामी मजदुरलाई हेप्दै आएपछि अन्यबाट के आशा गर्नु । कसैले पनि मजदुरका दुःख पीडा बुझ्न सकेनन् । जति मजदुर दिवस मनाए पनि राज्य र मालिकको मजदुरमाथि हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन हुन सकेको छैन् । हामीले कर तिरेर पालिएका ट्राफिक प्रहरीले हामीजस्ता गाडी चलाउने मजदुरलाई शोषण गर्दै आएका छन् ।

१८ वैशाख, सुर्खेत । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराइरहेका केही राजनीतिक शक्तिले प्रधानन्यायाधीश नेतृत्वको सरकारको विरोध गरिरहेको आरोप लगाउनुभएको छ ।
ramchandra poudel‘मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलगायतका राजनीतिक शक्तिहरुले नै सुरुमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेका थिए’ प्रेस युनियन सुर्खेतले बुधबार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो-’अहिले स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सुम्पिदा विरोध गर्नु जनमतदेखि डराउनु हो ।’
उहाँले स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नका लागि प्रधानन्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको बताउनुभयो । ‘राजनीतिक दलहरुबीच एक-अर्काको नेतृत्व अस्वीकार गर्ने अवस्था आएपछि बहालवाला प्रधानन्यायाधीशमा सहमति गरेका हौं’उहाँले भन्नुभयो-’यहीँ सरकारले आगामी मङ्सिरको पहिलो साताभित्र स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्छ ।’
उहाँले सङ्घीयता र शासकीय स्वरुपका विषयमा दलहरुबीच विवाद हुँदा अघिल्लो संविधानसभाले संविधान दिन नसकेको बताउनुभयो । उपसभापति पौडेलले काँग्रेसले कुनै पनि राजनीतिक दलहरुसँग कार्यगत एकता नगर्ने जानकारी पनि दिनभयो । ‘लोकतन्त्रमाथि अझैपनि प्रहार भइरहेकाले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्ला’ उहाँले भन्नुभयो-’कार्यगत एकता भने गर्दैनौं ।” रासस

१८ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफु भ्रष्टचारको आरोपमा जस्तो सुकै आयोगलाई छानविन गराउन तयार रहेको बताउनु भएको छ ।
baburam bhattaraiबीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा भट्टराईले अस्तित्वको संकटमा रहेका केही समूहले सूचना प्रविधीको दुरुपयोग गरेर क्रान्तिकारी शक्तिको बदनाम गरिरहेको बताउनु भयो ।
पछिल्लो समय एमाओवादीलाई ‘क्यास माओवादी’ भन्न थालिएको छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’हामी कुनै पनि आयोगमा हाम्रोविरुद्ध लागेको आरोपको छानविन गराउन तयार छौं । हामी चुनौती दिन चाहन्छौं, छानविनमा हामी दोषी देखिए त्यसको सामना गर्न तयार छौं ।’
संक्रमणकाल लम्बिदाँ क्रान्तिकारी शक्तिमा केही निराशा देखिए पनि प्रचार गरिएजस्तो नभएको बताउनु भयो । अहिले पनि नेपाली जनताको भरोसा माओवादी नेतृत्वमाथि नै रहेको उहाँको भनाई छ ।
माओवादी उपाध्यक्ष भट्टराईले पार्टी विभाजनपछि पनि अब हुने चुनावमा एमाओवादी सबैभन्दा ठूलो दल बन्ने दावी गर्नु भएको छ । मोहन बैद्य किरण समूहले लिएको राजनीतिक लाइन सही नभएको भन्दै उहाँले चुनाव अघि नै बैद्यसहितका धेरैलाई पार्टीमा फर्काउन प्रयास गर्ने बताउनु भयो ।
प्रचण्ड-बाबुराम भारतीय राजदूतलाई भेटन दूतावासमै पुग्ने गरेको भन्ने आरोपको खण्डन गर्दै भन्नुभयो-’प्रधानमन्त्री हुँदा म कहिले पनि दूतावासका कार्यक्रममा गएको छैन, त्यसो गर्नु प्रोटोकलले पनि दिँदैन । प्रधानमन्त्री नभएका बेला कहिले हामीले उहाँलाई चिया पिउन बोलाउँछौं, कहिले उहाँले बोलाउनुहुन्छ हामी जान्छौं, यसलाई प्रचार बिषय बनाउनु हुँदैन ।’
जनयुद्धका बेला भारतले कहिले पनि माओवादीलाई सहयोग नगरेको बरु उल्टै आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी नेपालसमक्ष बुझाएको भट्टराईको भनाई छ ।

१८ बैशाख, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ । यद्यपी निर्वाचन आयोगमा दल दर्ता भने गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
Upendra Yadavरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले भन्नुभयो-’चार दलका महापण्डितले मंसिरमा निर्वाचन गर्छौं भनेर जनतालाई ढाट्दैछन । यथास्थितिमा चुनावै हुँदैन । चुनाव भए पनि त्यसले संविधान बनाउँन सक्दैन । राजनीतिक द्धन्दलाई यथावत राखेर गरिने निर्वाचनले निकास दिन सक्दैन ।’
आफूहरु चुनावको विरोधी नभएको भन्दै उहाँले संकट समाधान गर्ने र द्धन्द्ध समाधान गर्ने गरी निर्वाचन गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो-’निर्वाचनलाई ईन्कार गर्न सकिदैन । निर्वाचन लोकतन्त्रको आयाम हो । तर यो निर्वाचन आवधीक नभई संविधानसभाको हो भन्ने कुरा भुल्नु हुँदैन ।’
भारतको तर्फबाट आएको भनिएको भाषाको आधारमा नेपालमा संघीयता हुन नसक्ने भन्दै फोरम अध्यक्ष यादवले भाषा जाती लगायतका कुनै एक आधारमा हुने संघीयता टिकाउन नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’पहिचान सहितको संघीयता हुनुपर्छ । पहिचानको आधार भाषा, सस्कृति, जाती जे पनि हुन सक्छ तर आर्थिक सम्भाब्यता पनि हुनु पर्छ यो विनाको संघीयता नेपालमा टिक्ने वाला छैन । बाँकी गफाडिका गफ हुन्, यसको कुनै अर्थ छैन ।’ एमाओवादी अध्यक्ष प्रचण्डले भाषाको आधारमा संघीयता बनाउन भारतले सुझाव दिएको भनि दिएको अभिब्यक्ति संघीयता समाप्त पार्ने षडयन्त्र भएको उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा-माओवादीका सचिव देब गुरुङले राष्ट्रपतिले जारी गरेको २५ बुँदे आदेशका आधारमा सुरु भएको दल दर्ता प्रक्रियामा भाग नलिने बताउनु भयो । यथास्थितिमा पेलेर निर्वाचन गर्न खोजे आफ्नो पार्टीको स्पष्ट नीति भएको र त्यसमा अघि बढ्ने भन्दै जनविद्रोह गर्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो-’पेलेर गर्न खोजे हाम्रो पार्टीको लाईन स्पष्ट छ । त्यसै अनुसार अघि बढ्छौ । फासीबादी चुनाव त पञ्चायतमा र राजा ज्ञानेन्द्रले पनि गरेका थिए । के हालत भयो तपाईहरुलाई थाहाँ नै छ ।’


१८ बैशाख, काठमाडौं । एमाओवादीका नेता रामचन्द्र झाले आफूले एमाले परित्याग गरेका दिन झलनाथ खनालले किन ढाड भाँचेको भनेर चारपटक फोन गरेको बताउनुभएको छ ।
Ramchandra_Jha‘मैले एमाले परित्याग गरेको दिन झलनाथ जीले चार पटक फोन गर्नुभो’ इटहरीमा बुधबार आयोजित नेता झाले भन्नुभयो-’अहिले चुनावको मुखमा किन यसो गर्नुभो, हाम्रो त ढाडै भाच्चियो । कि पहिल्यै गरेको भए हुन्थ्यो कि चुनावपछि गर्नुपथ्र्यो भन्नुभयो ।’ खनालको प्रश्नको जवाफमा आफूले सही समयमा आफूले सही निर्णय गरेको सुनाउनुभयो । उहाँले आफूहरुले उठाएको एजेण्डाहरु सम्बोधन गर्न खनालले खोजे पनि झापा क्याम्पले विरोध गरेपछि झलनाथको परालको खुट्टा लरबरिएको बताउनुभयो ।
अधिकांश समय एमालेलाई गाली गर्न खर्चिएका झाले कांग्रेस र मधेसवादी दललाई समेत छाड्नुभएन । एमाओवादीका नेता झाले कांग्रेसले मधेसलाई आफ्नो चरण क्षेत्र बनाउन खोजेको आरोप लगाउनु भयो । ‘मधेस कांग्रेसको चरण क्षेत्र होइन आफ्ना छाडा पशुहरुलाई छाडेर नष्ट गर्ने दृष्टता नगर्नुस्’ झाले भन्नुभयो-’मधेसमा स्वाभिमानको बालीले टुसा हाल्न थालेको छ । आफ्ना छाडा साँढेहरु नछोड्नुस् ।’
मधेसी दलहरु भ्रष्टाचारी भएको भन्दै उहाँले भन्नुभयो-’उहाँहरु जहाँ पाउने, त्यही नाक डुबाएर खाने हो । भ्रष्टाचारमा डुब्नु भएको छ ।’ पछिल्लो समय एमाले अध्यक्ष झलनाथ खनालले मोहन बैद्य किरणलाई उकासेको भन्दै सचेत रहन आग्रह गर्नुभयो 

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS